पाँच रोगका बिरामीलाई जोखिम बढी

पाँच रोगका बिरामीलाई जोखिम बढी

काठमाण्डौं,चैत २४
हुन त यो पङ्क्तिकार स्वास्थ्य क्षेत्रको विशेषज्ञ होइन, न त हाल विश्वभर महामारीको रूपमा पैmलिएको (कोभिड–१९) रोगको संक्रमणसम्बन्धी नै जानकार हो । तापनि नेपालमै (कोभिड–१९) रोगको संक्रमण नेपाल र नेपालीहरूमै थालेपछि (गत १२–१३ दिनदेखि) कम्तीमा एक सचेत नागरिकको हैसियतले दिनदिनै (कोभिड–१९) रोगको संक्रमणका कारण विश्वमा कति मानिसहरू मरे ?, कति मानिसहरू सामान्य बिरामी भए ?, कति मानिसहरू उपचार गरेर पूर्णरूपमा निको भएर घर फर्के ?, कति मानिसहरू (कोभिड–१९) रोगको संक्रमणका कारण सिकिस्त बिरामी छन् ?, कुन–कुन देशमा कुन गतिमा (कोभिड–१९) रोगको संक्रमण पैmलिरहेको छ ?, कस्ता–कस्ता मानिसहरूलाई (कोभिड–१९) रोगको संक्रमणले आक्रमण गर्छ ? कुन–कुन उमेर समूहका मानिसहरूले कति दरमा आप्mनो अमूल्य ज्यान गुमाइरहेका छन् ?, साथै (कोभिड–१९) रोगको संक्रमणका कारण मर्ने महिला र पुरुषको मृत्युदरमा कति फरक छ ? आदि बारेमा केही लेख्ने जमर्को गरिएको छ ।‘वोल्र्डोमिटर’ नामक एक संस्थाले उल्लेख गरेअनुसार हालसम्म (कोभिड–१९) रोगको संक्रमणले बिरामी हुनुअघि नै विभिन्न ५ वटा रोग भएका बिरामीहरूलाई बढी क्षति पु¥याएको छ । अर्थात् त्यस्ता रोगीहरूमा केही गरी (कोभिड–१९) को संक्रमण देखापरेमा त्यस्ता रोगीहरूले ज्यान गुमाउने खतरा बढी हुन्छ । ती ५ रोगहरूको नाम तल उल्लेख गरिएको छ ।
१ दशमलव मुटुसम्बन्धी विभिन्न रोग
२ दशमलव डायबिटिज रोग
३ दशमलव क्रोनिक रेस्पीटोरी
४ दशमलव उच्च रक्तचाप
५ दशमलव क्यान्सर
माथि उल्लेखित ५ रोगहरू पहिलेदेखि नै भएका रोगीहरूले ज्यान गुमाएकोमा पनि महिला र पुरुषको मृत्युदर तुलना गरेर हेर्दा महिलाभन्दा पुरुषको मृत्यु दर झण्डै दोब्बर बढी रहेको तथ्यांकमा उल्लेख छ । जस्तै (कोभिड–१९) को संक्रमणको कारण भएको महिलाको मृत्युदर एक दशमदज सात रहेको देखिन्छ भने पुरुषको मृत्यु दर झण्डै दोब्बर अर्थात् २ दशमलव ८ रहेको देखिन्छ । साथै (कोभिड–१९) को संक्रमणले बिरामी हुनुअघि नै अन्य रोग भएकाहरू जस्तै माथि नै उल्लेख गरिएभैंm मुटु सम्बन्धी विभिन्न रोग भएकाहरूको मृत्यु दर १३ दशमलव २ प्रतिशत, डायबिटिज भएकाहरूको मृत्युदर ९ दशमलव २ प्रतिशत, क्रोनिक रेस्पीटोरी दशमलव दशमलव दशमलव रोग भएकाहरूको मृत्युदर ८ दशमलव शून्य प्रतिशत, उच्च रक्तचाप भएकाहरूको मृत्यदर ८ दशमलव ४ प्रतिशत, क्यान्सर भएकाहरूको मृत्युदर ७ दशमलव ६ प्रतिशत र त्यसअघि अन्य केही रोग लागेको थियो कि थिएन ? केही पत्ता लाग्न नसकेकाहरूको मृत्युदर शून्य दशमलव ९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसरी हेर्दा अझ खतरा त के देखिन्छ भने, ३१ मार्चको दिउँसोसम्म (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसले बिरामी भएर ज्यान गुमाएकाहरू १८ प्रतिशत र निको भएर घर फर्कनेहरू ८२ प्रतिशत रहेकोमा पुगेको थियो । स्मणीय छ, ३० मार्चको बेलुकीसम्म (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसले बिरामी भएर ज्यान गुमाउनेहरू १९ प्रतिशत र निको भएर घर फर्कनेहरूको प्रतिशत ८१ प्रतिशत थियो । तर, आजको मितिमा (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसले बिरामी भएर ज्यान गुमाउनेहरूको प्रतिशत २१ पुगेको छ भने, निको भएर घर फर्कनेहरूको प्रतिशत ७९ प्रतिशतमा झरेको छ । स्मणीय छ, (कोभिड–१९)लाई संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नै विश्वभरि पैmलिएको महामारी (प्यान्डेमिक) भनी घोषणा गरी सकेको छ । अहिलेसम्म (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसले संयुक्त राष्ट्रमा आबद्व भएका एक सय ९५ र बाँकी देश गरी एक सय दुई देशमा आप्mनो उपस्थिति जनाइसकेको छ । साथै (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसले विश्वका विभिन्न देशका लगभग आठ लाख ६० हजार मान्छोलाई बिरामी बनाएको छ भने सो रोगको उपचारबाट एक लाख ७८ हजार चानचुन व्यक्तिहरू पूर्णरूपमा निको भएर आप्mनो घर फर्किसकेका छन् । त्यस्तै (कोभिड–१९) को संक्रमणका कारण विश्वका विभिन्न देशका ४२ हजार दुई सयभन्दा बढीले आप्mनो अमूल्य ज्यान गुमाएका छन् । साथै उपचार गराइरहेकामध्ये ३२ हजार नौ सय जना सिकिस्त बिरामीका रूपमा छन् । यो तथ्यांक अप्रिल १ को ग्रीनवीच मिन टाइमको बिहान ०४ः५२ बजेसम्मको हो ।

(कोभिड–१९) रोगको संक्रमणले कुन–कुन उमेर समूहका मानिसहरू कति दरमा मरिरहेका छन् ? भन्नेबारेमा केही जानकारी लिनेतर्पm । किनभने, (कोभिड–१९) रोगको संक्रमणले कस्ता–कस्ता मानिसहरूलाई बढी आक्रमण गर्छ ? भन्ने त माथि नै उल्लेख भइसकेको छ । फेरि पनि ‘वोल्र्डोमिटर’ नामक संस्थालाई नै आधार मानेर भन्नुपर्दा (कोभिड–१९) रोगको संक्रमणका कारण मर्ने बिरामीहरूमध्ये २१ दशमलव ९ प्रतिशत ८० वर्ष र सोभन्दा माथिका उमेर समूहका रहेका छन् । त्यस्तै ७० देखि ७९ वर्ष उमेर समूहका ८ प्रतिशत, ६० देखि ६९ वर्ष उमेर समूहका ३ दशमलव ६ प्रतिशत, ५० देखि ५९ वर्ष उमेर समूहका १ दशमलव ३ प्रतिशत ४० देखि ४९ वर्ष उमेर समूहका शून्य दशमलव ४ प्रतिशत, ३० देखि ३९ वर्ष उमेर समूहका शून्य दशमलव २ प्रतिशत, २० देखि २९ वर्ष उमेर समूहका शून्य दशमलव २ प्रतिशत, १०ख देखि १९ वर्ष उमेर समूहका शून्य दशमलव २ प्रतिशत मृत्युदर रहेको देखिन्छ । तर, अचम्म वा भनौं सुखद कुरो के भने, शून्य देखि ९ वर्षको उमेर समूहका बालबच्चाहरूको भने कोभिड–१९) नामक संक्रामक रोगको भाइरसका कारण हालसम्म मृत्य भएको देखिएको छैन । त्यस्तै (कोभिड–१९) रोगको संक्रमणको कारणले मृत्य भएकाहरूको लैगिंक अनुपात हेर्दा महिलाको मृत्युदरभन्दा पुरुषको मृत्युदर लगभग दोब्बर रहेको देखिन्छ भन्ने पनि माथि नै उक् प्रसंगमा उल्लेख भएको छ । जस्तै (कोभिड–१९) रोगको संक्रमणले मृत्यु हुने समग्र प्रतिशतमा पुरुषको मृत्युदर ४ दशमलव ७ रहेको देखिन्छ भने महिलाको मृत्युदर २ दशमलव ८ रहेको देखिन्छ । यो मृत्युदर (कोभिड–१९) रोगको संक्रमणका कारण सीधै ज्यान गुमाएकाहरूको तथ्यांक हो भने, अरु सहायक रोगका कारण ज्यान गुमाएका महिला र पुरुषको मृत्यु दरको अनुपातमा पनि लगभग दोब्बरकै फरक देखिन्छ । त्यसैले फेरि पनि मुटुसम्बन्धी विभिन्न रोग भएकाहरू, डायबिटिज रोग भएकाहरू, क्रोनिक रेस्पीटोरी दशमलव दशमलव दशमलव रोग भएकाहरू, उच्च रक्तचाप भएकाहरू र क्यान्सर रोग भएका बिरामी महानुभावहरू विश्वलाई नै त्राहीमाम ! बनाएको (कोभिड–१९) रोगको संक्रमणबाट बच्न सकेसम्म घरभित्रै ‘सेल्फ क्वारेन्टाइन’मा बस्नु होस् भनी यो ‘केहीनजान्ने कुलुङ’ हार्दिक अनुरोध गर्दछ । किनभने, नेपालमा बल्ल (कोभिड–१९) रोगको संक्रमणको स्टेज टु अर्थात् विदेशबाट (कोभिड–१९) रोगको संक्रमणबाट प्रभावित भएर आएका संक्रमितले आफन्तलाई सारेको वा सर्न थालेको अवस्था छ । यो क्रम पहिलोपटक नेपालको सुदूरपश्चिमबाट सुरु भएको छ । विज्ञहरूका भनाइमा (कोभिड–१९) रोगको संक्रमण पैmलने यो नै सबैभन्दा खतराको समय हो । त्यसैले एकपटक पाएको यो अमूल्य मानव जीवनलाई फेरिफेरि प्राप्त गर्न सकिँदैन । यो मानव जीवन त्यति सजिलै प्राप्त भएको होइन, सबै नेपालीलाई चेतना भया !

प्रतिकृया दिनुहोस


Techie