च्याम्पियन्स लिग : नेपोलीसँग बराबरीमा रोकियो बार्सिलोना

च्याम्पियन्स लिग : नेपोलीसँग बराबरीमा रोकियो बार्सिलोना

२०७६ फागुन १४ 
युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा नेपोलीसँग बार्सिलोना १–१ को बराबरीमा रोकिएको छ । ड्रिस मार्टिन्सले गोल गर्दै घरेलु मैदानमा नेपोलीलाई अग्रता दिलाएका थिए । उनले ३० औं मिनेटमा गोल गरे र यो उनको क्लबका लागि १ सय २१ औं गोल रह्यो ।उक्त अग्रता लामो समय सम्म टिक्न सकेन बार्सिलोनाको लागि फ्रान्सेली फरोवार्ड एन्टोनी ग्रिजम्यानले ५७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

पाहुना टोली बार्सिलोनाले बराबरी खेलेपनि अवे गोल प्राप्त गर्न भने सफल रह्यो । खेलको अन्तिम मिनेटमा आर्तुरो भिडाल रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोनाले १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको थियो ।दोस्रो लेगको खेल वायर्न र बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

प्रतिकृया दिनुहोस


Techie