ओमानद्धारा नेपाल सामु १ सय ९८ रनको लक्ष्य प्रस्तुत

ओमानद्धारा नेपाल सामु १ सय ९८ रनको लक्ष्य प्रस्तुत

काठमाण्डौँ,माघ २२

आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले १ सय ९८ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डङ रोजेको थियो । नेपालका बलरहरु सामु ओमनका ब्याट्सम्यानहरु सुरुवात देखि नै निरिह देखिए ।

ओमानले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहका रुपमा पहिलो विकेट गुमाएको थियो। उनलाई करन केसीले एक रन बनाएको अवस्थामा पवेलियन फर्काएका थिए । ओमानले छ दशमलव चार ओभरमा १९ रनको स्कोर छँदा दोस्रो विकेट गुमाएको थियो । खवर अलीलाई व्यक्तिगत पाँच रनको स्कोरमा करन केसीले नै आउट गराएका थिए । तेह्रौँ ओभरको तेस्रो बलमा अकिब ल्यास व्यक्तिगत १६ रनको स्कोरमा रन आउट भए ।
यस्तै सुशन भारीले खेलको १९औँ ओभरको चौथो र अन्तिम बलमा विकेट लिए । ओमानको स्कोर ५७ भएको अवस्थामा सुशनले जेशन मक्सुदलाई चौथो विकेटका रुपमा पवेलियन फर्काए भने टोलीको स्कोर ५७ रन भएकै अवस्थामा नेपाली मूलका ओमानका खेलाडी सुरज कुमारलाई पाँचौँ विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्लद्वारा ‘क्याच आउट’ गराए।

मक्सुदले २० रन बनाए भने सुरज कुमार खाता नै नखोलीकन पवेलियन फर्किए । त्यस अतिरिक्त सन्दीप गौडले ३३, रन प्रहार गरे
ओमानका लागि मोहम्मद नदीमले अद्र्धशतकीय पारी खेलि खेललाई उकास्ने प्रयास गरेका थिए । उनले ६९ रन बनाए ,मुहम्मद नसिमले २८, जसिम मकसुदले २० र अकिब इल्यासले १६ रन बनाए । बलिङतर्फ नेपालका सुशन भारी उत्कुष्ट साबित भए । उनले १० ओभरमा जम्मा १४ रनमात्र खर्चिएर तीन महत्वपूर्ण विकेट हात पारे । ‘विकेट टेकर’का रुपमा करण केसी पनि उत्तिकै उत्कुष्ट सावित रहे । उनले चार विकेट हात पारे , दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।१० ओभर बलिङ गरेका सन्दीप लामिछाने ४५ रन खर्चिएर विकेटविहीन रहे ।

प्रतिकृया दिनुहोस


Techie