दश लाख लागतमा धनुषामा प्रदेशस्तरीय कराते प्रतियोगिता हुँदै

जनकपुरधाम, कात्तिक १७
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका हुने महावीर झण्डासँगै प्रदेशस्तरीय कराते प्रतियोगिता हुने भएको छ । नेपाल क्योकुशिन कान कराते संघ प्रदेश नं. २ को आयोजनामा सोमबारदेखि सुरु हुने तीन दिवसीय प्रदेशस्तरीय कन्ट्याक कराते प्रतियोगितामा प्रदेशभरिका दुई सय छ जना खेलाडीहरुको सहभागिता रहने संघका प्रदेश अध्यक्ष बैजनाथ यादवले जानकारी दिए । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी उनले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा करिब १० लाखको लागतमा प्रदेशस्तरीय कराते प्रतियोगिता हुने जानकारी दिए । प्रतियोगिताको लागि प्रदेश नं. २ का आठवटै जिल्लाका ६० जना महिला खेलाडीसहित दुई सय छ जना कराते खेलाडीहरुको उपस्थित रहने जनाइएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस