मित्रराष्ट्र चीनको उहानमा जारी सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीद्वारा राष्ट्रिय किर्तिमान

मित्रराष्ट्र चीनको उहानमा जारी सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीद्वारा राष्ट्रिय किर्तिमान

काठमाडौं, कात्तिक ६
मित्रराष्ट्र चीनको उहानमा संचालन भईरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले मिति २०७६ कार्तिक ५ गते संचालन भएको महिलातर्फको ४०० मिटर दौडमा राष्ट्रिय किर्तिमान राख्‍न सफल भएकी छन् । उनले उक्त दुरी ५९. ५७ सकेण्डमा पुरा गरी यस अघिको ५९.९० सकेण्डको राष्ट्रिय रेकर्ड तोडेकी हुन् ।

तुलसा खत्रीले ९ वर्ष अगाडी सन् २०१० प्रमिला रिजालले राखेको रेकर्ड तोडेको हो । उक्त दौडमा २१ देशका प्रतिस्पर्धीले भाग लिएका थिए । यसै गरी ५ गते संचालन भएको महिलातर्फको १०० मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले १२. ६६ सकेण्डमा उक्त दुरी पुरा गरी आफ्नो व्यक्तिगत रेकर्डमा सुधार गरेकी छन् । यस दौडमा २६ देशका खेलाडीहरुले भाग लिएका थिए । उक्त प्रतियोगितामा आजै दौड सहित विच भलिबल, आर्चरी र महिला वक्सिङ्ग गरी ४ खेल सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस