कोपा अमेरिकाको उपाधि : ब्राजिललाई

कोपा अमेरिकाको उपाधि : ब्राजिललाई

काठमाडौँ,असार २३
कोपा अमेरिका फुटबल २०१९को उपाधी आयोजक राष्ट्र ब्राजिलले हात पारेको छ ।रियो डे जेनेरियोमा भएको फाइनल खेलमा ब्राजिलले पेरूलाई ३–१ ले हराउँदै उपाधि जितेको हो ।

ब्राजिललाई उपाधि दिलाउने क्रममा ग्याब्रिएल जेससले एक गोल गरे र अर्को गोलमा सहयोगी भूमिका पनि निभाए ।
पछि उनी दोस्रो पहेँलो कार्ड खाएर मैदान छाड्न पनि बाध्य रहे। जेससले गोलको खाता खोलेयता एभरटनले दोस्रो गोल गरे। र अर्को थप तेस्रो गोल गोल रिचार्लिसनको नाममा रह्यो।पेरुका लागि पाओलो गुरेरोले पेनाल्टीबाट एक गोल फर्काए, पनि जितको लागी प्रयाप्त भएन ।

यससँगै ब्राजिलले १२ वर्षपछि कोपा जितेको छ । उसले यसअघि सन् २००७ मा यो प्रतियोगिता जितेको थियो ।
हालसम्मा ब्राजिलले ९ पटक कोपा अमेरिकाको उपाधि आफ्नो पक्षमा पारेको छ ।

प्रतिकृया दिनुहोस


Techie