मुख्यमन्त्री कप प्रदेश लिगका लागि सोलुखुम्बुको टिम घोषणा 

मुख्यमन्त्री कप प्रदेश लिगका लागि सोलुखुम्बुको टिम घोषणा 

सोलुखुम्बु, असार १६
मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताका लागि सोलुखुम्बु जिल्लाको टिम घोषणा गरिएको छ । प्रतियोगिताका लागि बालकृष्ण केसीको कप्तानीमा २५ खेलाडी छनौट गरिएको हो । असार १६ गतेदेखि उदयपुरको गाईघाटमा सुरु हुने प्रतियोगिता जित्ने लक्ष्यसाथ सोलुखुम्बुको फुटबल टिम आइतबार गाईघाट गएको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डीबी रानापालले जानकारी दिए । 

छनोट भएका खेलाडीमा टिममा अमिर केसी, सागर राजभण्डारी, सम्पूर्ण श्रेष्ठ, अर्जुन राई, प्रविन कार्की, मञ्जिल श्रेष्ठ, राम तामाङ, दिपक तामाङ, देव्यास्त्र मगर, जीवन राई, सन्दिप मगर, सन्तोष तामाङ रहेकाछन् । यस्तै पोषण श्रेष्ठ, दिपेन्द्र राई, जीवन तामाङ, प्रकाश मगर, थिरराज राई, ग्याल्जेन शेर्पा, अब्राहम बानियाँ, पिके शेर्पा र सुवास घिमिरे पनि प्रतियोगिताका लागि छनौट भएका छन् । प्रदिप बराइली, फुर्वा तामाङ र विवेक शाक्य तीन जना गोलकिपरको रुपमा छनौट भएका छन् । 

मुख्यमन्त्री कप प्रदेश लिग फुटबल तीन जिल्लामा हुनेछ । उदयपुर, इलाम र धनकुटामा प्रतियोगिता सञ्चालन हुनेछ । गाईघाटमा हुने सुरुवाती खेलमा सोलुखुम्बुले उदयपुर, खोटाङ, ओखलढुंगा र मोरङ जिल्लाको टिमसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै इलाममा झापा, इलाम, पाँचथर र ताप्लेजुङले प्रतिस्पर्धा गर्नेछन् भने धनकुटामा सुनसरी, धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाले प्रतिस्पर्धा गर्नेछन् । उदयपुरको गाइघाटमा हुने खेलको विजेता र उपविजेता टिमले अन्य जिल्लामा हुने खेलको विजेता र उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie