शैलुङको उच्च भागमा खेलकुद रंगशाला निर्माण हुने

शैलुङको उच्च भागमा खेलकुद रंगशाला निर्माण हुने

दोलखा, असार ६
शैलुङ गाउँपालिका दोलखाले पालिकाको उच्च हिमाली क्षेत्रमा ठुलो खेलमैदान निर्माण गर्ने भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको खेलमैदानलाई रङ्गसालाको रूपमा विकास गर्ने उदेश्य रहेको जनाएको छ । पछिल्लो समय देश खेलकुदतर्फ अग्रसर भइरहेको हुँदा पालिकाले शैलुङ क्षेत्रलाई खेलकुदमा विकास गर्ने उद्देश्यले जिल्लाकै ठूलो र उच्च ठाउँमा खेलमैदान निर्माण गर्न लागिपरेको गाउँपालिका प्रमुख भरत दुलालले बताए । खेलमैदान निर्माणकार्य भइरहेको दुलाले जानकारी दिए । 

गाउँपालिकका प्रमुख दुलालले गाउँपालिकाको सबै क्षेत्रलाई समेट्ने गरी पालिकाकै ठूला योजना भवन, सडक, कृषि पन्छीको खेलकुद योजना रहेको हुँदा खेलमैदानमा लगानी गरेको बताए । चालू आर्थिक वर्षमा गाउँपालिकामा आएको बजेट र केन्द्र सरकारले दिएको ५० प्रतिशत बजेट गरी रंगशाला निर्माण गर्न लागिएको प्रमुख दुलालले जानकारी दिए ।

१ सय ५० मिटर लम्बाइ भएको खेल मैदान निर्माणका लागि स्थानीय सरकार र केन्द्रीय सरकारको गरी १ करोड २ लाख बजेट चालू वर्ष ७५ मा बजेट विनियोजन गरेको शैलुङ गाउँपालिकका प्रशासकीय अधिकृत रमेश बिकले जानकारी दिए । शैलुङमा निर्माण हुने खेल मैदानले शैलुङको मात्र बिकास नभई समाग्र दोलखाको जिल्लाको खेलकुद विकास हुने हुँदा निर्माण हुँदै गरेको शैलुङ खेलमैदानलाई खेलकुद रंगशालाको रूपमा विकास गर्ने गाउँपालिकाले जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie