असार २ गतेदेखि खोटाङमा जिल्ला लिग फुटबल

खोटाङ, जेठ २४
अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल क्लब खोटाङको आयोजनामा आगामी असार २ गतेदेखि जिल्लामै पहिलो जिल्ला लिग फुटवल प्रतियोगिताको आयोजना गरिएको हो । यसवर्ष एन्फाको अस्थायी सदस्यता प्राप्त गरेपछि आयोजना हुन लागेको लिग प्रतियोगितामा जिल्ला फुटबल संघमा आबद्ध जिल्लाका १० क्लबले सहभागिता रहनेछ । जम्मा २१ खेल हुने उक्त प्रतियोगिता दिक्तेल बजारस्थित माटिकोरे इतिहासमै पहिलोपल्ट हुन लागेको लमैदानमा छ दिनसम्म सञ्चालन हुने जिल्ला फुटवल संघले बताएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie