केभीएस कप फुटबल हुने

केभीएस कप फुटबल हुने

काठमाडौं, जेठ १४
विधालयहरुसँगको सुमधुर सम्बन्ध निर्माण गर्दै प्रतिभाशाली खेलाडीको उत्पादन भन्ने नारासहित काठमाडौको गैरीगाउँ सिनामंगलस्थित काठमाडौँ विनायक शिक्षालय केभीएसको आयोजनामा अन्तरर्विद्यालय छात्र फुटबल प्रतियोगिता ‘केभीएस कप’ आयोजना हुने भएको छ । केभीएस कप फुटबल प्रतियोगिताको विषयमा सोमबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक काठमाडौ विनायक विद्यालयले जानकारी गराएको छ । जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि सुरु हुने प्रतियोगिता जेठ २५ गतेसम्म नक्सालस्थित सानो गौचन खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा काठमाडौंका कुल १६ वटा विद्यालयहरुको सहभागिता रहने र सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग आधारमा प्रतिस्पर्धा गराई उत्कृष्ट आठ टोली छनोट गरेर प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रतियोगिताका विजयी प्रथम, द्वितीय तथा सेमिफाइनल पुग्ने टोलीलाई क्रमशः नगद ५० हजार, ३० हजार र दश/दश हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 

प्रतियोगिताको उद्घाटन जेठ १५ गते बुधबार सानोगौचरण खेल मैदानमा राष्टिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले गर्ने बताइएको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरु नेशनल रेफ्री र एन्फाका रेफ्रीहरुले सञ्चालन गर्नेछन् । १० दिनसम्म चल्ने प्रतियोगितामा सात लाख खर्च हुने अनुमान आयोजकले गरेको छ  । प्रथम केभीएस कपले विद्यार्थीहरुको चौतर्फी विकासमा सहयोगी हुने र देशका लागि योग्य खेलाडी उत्पादनमा सहयोग पुु-याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको केभीएसकी प्रिन्सिपल सम्झना लामाले जानकारी दिइन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie