तङ–इल मो–दो संघ भक्तपुरको नेतृत्वमा रानामगर

तङ–इल मो–दो संघ भक्तपुरको नेतृत्वमा रानामगर

काठमाडौं, जेठ ९
राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ–इल मो–दो संघ भक्तपुर शाखाको जिल्ला कार्यसमिति पुनर्गठन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच तङ–इल मो–दो संघ नेपालका उपाध्यक्ष सूर्य प्रसाद भट्टराई महासचिव विष्णु गिरीको उपस्थितिमा भएको कार्यक्रमले रामबाबु रानामगरको नेतृत्वमा ११ सदस्यीय कार्य समिति पुनर्गठन गरेको हो । संघ भक्तपुर शाखाको उपाध्यक्षमा खेमराज घले, सचिवमा रामेश्वर रानामगर, कोषाध्यक्षमा बेबी राई, सदस्यहरुमा प्रवेश सुवाल, धुव खत्री, मेलिन लोपेज रानामगर, प्रकाश थापा मगर, राजेन्द्र राजथला, दिपक घले, सम्जन मल्ल छन् । तङ इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie