कुस्ती खेलाडीहरुलाई महानगरपालिकाद्वारा पोसाक वितरण

कुस्ती खेलाडीहरुलाई महानगरपालिकाद्वारा पोसाक वितरण

वीरगञ्ज, फागुुन २ 
कुस्तीखेलको विकास तथा खेलाडीहरुको मनोबललाई प्रोत्साहित गर्न महानगरपालिकाले कुस्ती खेलाडीहरुलाई पोसाक प्रदान गरेको छ । महानगरपालिकाको वडा नम्बर १३ स्थित करबोलामा रहेको कुस्ती खेल आखगाामा एक कार्यक्रमका बीच कुस्ती खेलाडीहरुलाई नगर प्रमुख विजय कुमार सरावगी तथा प्रमुख प्रशासकीय अधिकृत डा भीष्म कुमार भुसालले पोसाक वितरण गरेका हुन् । उक्त आखडामा प्रशिक्षण गरिरहेका २० जना खेलाडीहरुलाई ३२ हजार दुई सय मूल्य बराबरको पोसाक वितरण गरिएको थियो । कुस्ती खेलका प्रशिक्षक एवम राष्ट्रिय खेलाडि मदन प्रसाद यादवको उपस्थितिमा कुस्ती खेलाडीहरुलाई पोसाक वितरण गरिएको जनाइएको छ । पोसाक वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख विजय कुमार सरावगीले युवाहरुको शारीरिक विकासको लागि सबै खेलहरुको चौतपर्फी विकास गर्ने बताउँदै कुस्ती खेलको प्रशिक्षणलाई लगातार सञ्चालन गर्न करबोलामा कुस्ती खेलको सेड छिट्टै निर्माण गर्ने घोषणा गरे । उनले महानगरपालिका नगरवासीको चाहनालाई सकार पार्न आभु हरेक क्षेत्रको विकासको लागि लागी रहने प्रतिबद्धतासमेत व्यक्त गरे । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie