आफ्नै खुट्टामा बञ्चरो हान्ने लोकतन्त्रका नौं मन्त्रीहरु

आफ्नै खुट्टामा बञ्चरो हान्ने लोकतन्त्रका नौं मन्त्रीहरु

२०६३ सालको जनआन्दोलन पछि हाल सम्मको १३ बर्षे अवधीमा नेपालले ११ जना प्रधानमन्त्रीहरु पायो र ११ वटा फरक फरक सरकारहरु बने । त्यसमा पुष्प कमल दहाल र केपी शर्मा ओली दुई÷दुई पटक प्रधानमन्त्री बन्न सफल भए भने खिलराज रेग्मी राजनीति भन्दा बाहिरको क्षेत्रबाट प्रधानमन्त्री बन्ने २०६३ साल यताकै एक मात्र प्रधानमन्त्री बने । राजनीतिक अस्थिरताको कारणले वर्तमान समयका प्रधानमन्त्री केपी शर्मा ओलीको भविष्य प्रतिको अवस्थालाई छोड्दा कसैले पनि पुरा कार्यकाल प्रधान्मन्त्री बन्ने अवसर पाएनन् । सधै उचाल्ने र पछार्ने खेलले धेरै प्रधानमन्त्रीहरु फेरिए । ११ वटा प्रधानमन्त्रीको कार्यकालमा नौं जना मन्त्रीहरु बर्खास्तीमा परे । अभिव्यक्ति, आचरण र कार्यशैलीका कारण पदबाट बर्खास्तीमा पर्नु भनेको आफैले खुट्टामा बञ्चरो हान्नु जस्तै हो ।


मातृका प्रसाद यादव
२०६३ साल चैत १८ गते तत्कालिन गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा बनेको सरकारमा नेकपा महोवादीको तर्फबाट बन तथा भू–संरक्षण मन्त्री बनेका मात्रीका प्रसाद यादव आलोचनात्मक अभिव्यक्ति र कार्यशैलीका कारण आफ्नै खुट्टामा बञ्चरो हान्ने २०६३ साल यताका मन्त्री मध्येका पहिलो मन्त्री हुन । काठमाडौंमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली सेना प्रकृति संरक्षण विरोधी भएको बताएपछि प्रधानमन्त्री तथा रक्षा मन्त्री गिरिजा प्रसाद कोईरालाले स्पष्टीकरण माग्दा उनले मन्त्री परिषदको बैठक नै बहिस्कार गरी मधेशी जनताको मुक्तिको चाहना विपरित सरकारले षडयन्त्र गरेको समेत आरोप लगाएका थिए । उनले बन मन्त्रालयमा भएको व्याप्त भ्रष्टाचार रोक्न सरकारले असहयोग गरेको जस्ता केही सरकार विरोधी आरोपहरु लगाएका थिए । साथै उनले ललितपुरका एक स्थानिय विकास अधिकारीलाई मन्त्रालयको ट्वाईलेटमा थुनेर दानवीय व्यावहारको चौतर्फी आलोचना पछि मन्त्री बनेको चार महिनापछि २०७४ साउन १७ मा राजिनामा दिएर मन्त्रीपदबाट बाहिरिएका थिए ।


प्रभु शाह
२०६८ भदौं ११ गते गठित बाबुराम भट्टराईको नेतृत्वमा बनेको तत्कालिन नेकपा माओवादीको सरकारमा प्रभु शाह भूमि सुधार मन्त्री बनेका थिए । उनी विश्व हिन्दु संघका अध्यक्ष काशिनाथ तिवारीको हत्यामा संलग्न भएको देखिएपछि उनी चौतर्फी रुपमा विवादमा मुछिएका थिए । हत्यामा संलग्न रहेको व्यक्तिलाई मन्त्री बनाईराख्नु राम्रो नभएको भन्दै तत्कालिन नेकपा एमालेले चर्को आलोचना गरेको थियो । उनले एक महिना १८ दिन मन्त्री भएपछि असोज २९ गते तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष राजिनामा बुझाएसँगै मन्त्रीबाट बाहिरिएका थिए ।


सरदसिंह भण्डारी
२०६८ सालमै बाबुराम भट्टराईको नेकपा माओवादी नेतृत्वको सरकारमा रक्षा मन्त्री बनेका सरदसिंह भन्डारी पनि आफ्नै खुट्टामा बञ्चरो हान्ने मन्त्रीको सूचीमा पर्दछन् । असोज ९ गतेको एक कार्यक्रममा राजतन्त्र समाप्त गर्न सकिन्छ भनेर कुन संविधान र कानुनमा लेखेको छ । मलाई त कतै लेखे जस्तो लाग्दैन । तर जनताले फालिदिए । जनता जनार्दन हुन । जनताले राजालाई रुचाएनन् पदमुक्त गरिदिए । तराईका जनताले छुट्टीने चाहना राखे कुनै शक्तिले पनि रोक्न सक्दैन । तराईका जनताको भावना र समस्या सरकारले बुझ्न नसके तराईका २२ जिल्लाहरु नेपालबाट टुक्रिन्छन् । तराईका जनतालाई हेपेर, संकुचनमा पारेर भन्दा पनि राष्ट्रिय एकताको लागि सँगै लैजानु भन्ने अभिव्यक्ति विवादित भएपछि उनले असोज १२ गते एक प्रेस विज्ञप्ती जारी गर्दै सञ्चार क्षेत्रले बंगाएर प्रस्तुत गरेको दाबी गरेपनि विरोधका आवाजहरु साम्य हुन सकेनन् । तत्कालिन समयमा प्रतिपक्षमा बसेका नेपाली काँग्रेस र नेकपा एमालेको संसद अवरुद्ध त भयो नै माओवादी भित्र पनि दुईमत देखियो । माओवादीको मोहन बैध धारले शसक्त रुपमा आलोचना ग¥यो । त्यससँगै असोज २६ गते बसेको पार्टीको संसदीय बोर्डको बैठकले रक्षामन्त्रीको अभिव्यक्ति राष्ट्रियता बिरोधी भएको निष्कर्श निकाल्दै राजिनामा माग्यो । अन्ततः उनलाई बावुराम भट्टराई नेतृत्वको सरकारले कात्र्तिक २ गते व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै भण्डारीलाई पदमुक्त गराएका थिए ।


हरि पराजुली
शुशिल कोईलाको नेतृत्वमा बनेको नेपाली काँग्रेसको सरकारका नेकपा एमालेको तर्फबाट कृषि मन्त्री बनेका हरी पराजुली पनि विवादित कार्यशैलीका कारण आफ्नै खुट्टामा बञ्चरो हान्ने अर्का मन्त्रीका रुपमा चिनिन्छन् । उनले २०७२ असार १५ गते धान दिवस मनाउँदा उत्तेजित भई एक महिला माथि दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो, टेलिभिजन लगायत चौतर्फी क्षेत्रमा आलोचना त भयो नै सदनमा पनि उनको तिब्र आलोचना भई राजिनामाको माग बढ्यो । पराजुलीलाई तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण माग्दै राजिनामा दिन सुझाएका थिए । खेप्न नसक्ने आलोचना र विरोध पछि पराजुलीले २०७२ असार १७ गते राजिनामा दिएका थिए ।


राधा ज्ञवाली
१३ बर्षको लोकतान्त्रिक इतिहासमा आफ्ना खुट्टामा आफै बञ्चरो हान्ने एक मात्र महिला मन्त्री हुन राधा ज्ञवाली । २०७० सालमा माघ २८ गते शुशिल कोईराला नेतृत्वको सरकारमा तत्कालिन नेकपा एकालेको तर्फबाट उर्जा मन्त्री बनेकी ज्ञवाली अनियमितता गरेको अभियोगमा मन्त्रीपदबाट हात धुनु परेको थियो । उनले सोलु कोरिडोर प्रशारण लाईन बनाउँदा अनियमितता गरेको अख्तियारको ठहरपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई मन्त्री पदबाट हटाएर निष्पक्ष छानविनको लागि सहयोग गर्न सरकारलाई आग्रह गरेको थियो । प्रधानमन्त्री कोईरालाको राजिनामाको आग्रहलाई ठाडै अस्विकार गरेकी ज्ञवालीलाई २०७२ असोज १४ गते प्रधानमन्त्री सुशिल कोईरालाले पदच्यूत गरेका थिए ।


पुरुषोत्म पौडेल
भ्रटाचार अभियोगमा खेलकुद मन्त्रीबाट राजिनामा दिएर कार्यशैलीको कारण आफ्नै खुट्टामा बञ्चरो हान्ने मध्येका अर्को एक मन्त्री हुन पुरुषोत्म पौडेल । नेकपा एमालेको तर्फबाट २०७० साल माघ २८ गते शुशिल कोईरालाको नेतृत्वमा बनेको सरकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रपछि राजिनामा दिएका पौडेलले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्ति प्रक्रियामा पदीय आचरण विपरित काम गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले कारवाही गर्न सरकारलाई सिफारिस गरेको थियो । अख्तियारको सिफारिस पछि उनलाई तत्कालिन प्रधानमन्त्री शुशिल कोईरालाले राजिनामा दिन सुझाएका थिए । जस अनुरुप उनले १०७१ असोज १४ गते राजिनामा दिई मन्त्रीपदबाट हात धोएका थिए ।


दिलानाथ गिरी
२०७४ ज्येष्ठ २४ गते शेर बहादुर देउवाको सरकारमा राप्रपा नेपालबाट तत्कालिन शहरी विकास मन्त्री दिलानाथ गिरी आफ्नै पार्टीको आन्तरिक विवादका कारण मन्त्रीबाट पदबाट बर्खास्तीमा परेका मन्त्री हुन । उनलाई २०७४ पुष १४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गरेका थिए । पार्टी अध्यक्ष कमल थापा सँग मन्त्री परिषदमा विवाद भएपछि पार्टी बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेसँगै मन्त्रीपदबाट बर्खास्तीमा परेका हुन । न भ्रष्टाचार, न नैतिकता माथि प्रश्न, न विवादित अभिव्यक्ति, न राष्ट्रिय अखण्डताको विरुद्धको आवाज, न आलोचना बिना कारण पार्टीको एकलौटी निर्णयमा मन्त्री पदबाट बर्खास्तीमा पर्ने उनी एक मात्र मन्त्री हुन । उनको बर्खास्तीलाई पार्टीले आन्तरिक ईश्यू बनाएपनि आमनागरिकले गलत सोच्नुपर्ने कुनै कारण पनि देखिंदैन ।


शेर बहादुर तामाङ
कानून न्याय तथा संसदीय मामिला मन्त्री आफ्नै आलोचनात्मक अभिव्यक्तिका कारण मन्त्रीपद गुमाउने मन्त्रीको सूचिमा पर्दछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको नेकपाको सरकारमा २०७४ चैत २ गते मन्त्री पदमा नियुक्ति भएका तामाङले पाँच महिनाको अवधी अर्थात २०७५ साउन ८ गते पत्रकार सम्मेलन गरेर रुँदै मन्त्री पदबाट राजिनामा दिएका थिए । उनले साउन ४ गते बंगलादेशमा पढ्ने छात्राहरुको बारेमा दिएको नकारात्मक अभिव्यक्तिका कारण चौतर्फी आलोचना पछि राजिनामा दिएका थिए । बंगलादेशमा हाम्रा चेलीहरु डाक्टर पढ्न जानुहुन्छ, मैले सुने अनुसार उहाँहरुले त्यहाँ आफूलाई नसुम्पिकन डाक्टरको सर्टिफिकेट प्राप्त गरेको स्थिती छैन । छोरीहरु असुरक्षित भए राज्यले केहि गरेन भन्ने अभिव्यक्तिले नै तामाङलाई मन्त्री पदबाट राजीनामा गराउने प्रमुख कारण हो ।


गोकुल प्रसाद बास्कोटा
पछिल्लो चार दिन यता निकै चर्चामा रहेको नाम हो गोकुल बास्कोटा । सक्यूरिटी प्रेस खरिदका क्रममा ७० करोडको डिल गर्दै थप कमिशनको लागि अर्को बाटो खोज्ने प्रक्रियाको अडियो कुराकानी सार्वजनिक भएसँगै उनले मन्त्रीबाट राजिनामा दिनु परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासका पात्रका रुपमा ख्याती कमाएका बास्कोटाले मन्त्री पदमा रहुन्जेल धेरैको आलोचनाका पात्र पनि बने । प्रधानमन्त्रीको आडमा मान्छेलाई मान्छे नगन्ने बास्कोटालाई अन्त्यमा ७० करोड रुपैयाँ कमिशन डिलको अडियो काण्डले पदच्यूत गरायो । पत्रकारिता क्षेत्रबाट सञ्चार क्षेत्रमा प्रवेश गरेर मन्त्री बन्न सफल बास्कोटाले मन्त्री पदमा रहुन्जेल सधै पत्रकारहरुलाई समाचार लेख्ने शैली सिकाउँदै सञ्चार क्षेत्रमा आफू बादशाह भएको सांकेतिक व्याख्या पनि गरे । जनताले गरेका गोप्य कुराहरु सरकारले सुन्न पाउनुपर्छ भन्ने नियन्त्रणमुखी सोच राखेका बास्कोटालाई उक्त कुराले पनि धेरै आलोचित बनाएको थियो । के बोल्दा कस्तो असर पर्ला भन्ने कुनै हेक्का नराखि शक्तिको आडमा बोल्ने बास्कोटाले २०७६ फाल्गुन ८ गते मन्त्रीपदबाट राजिनामा दिए । नैतिकताको आधारमा सामाजिक सञ्जाल मार्फत राजिनामा दिएको बताएका बास्कोटाको सामाजिक सञ्जाल फेसबुकको उक्त स्टाटसमा धेरैले नकारात्मक टिप्पणी गरेका छन् ।


१३ बर्षमा ९ जना मन्त्रीहरुको बर्खास्ती र राजिनामालाई हेर्दा जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतन्त्रमा केही मन्त्रीहरुका कारण राज्य नै अपमानित हुनु परेको छ । वास्तवमा शक्तिको घमण्ड र पदीय मर्यादा अनुसार चल्न नसक्नु नै मुख्य कमजोरी हो । शक्तिको आधारमा मन्त्री बनेका मन्त्रीहरुमा अन्य मन्त्रीहरुमा भन्दा बढी घमण्ड हुन्छ । आफ्नो कुशल कार्यशैलीका कारण जनताको तालि खान सफल मन्त्रीहरुलाई लामो समय सम्म काम गर्ने अवसर दिईदैंन यो देशकै लागि विडम्वनाको विषय हो । कुर्चीको आलोपालो सबै भन्दा मुख्य समस्या देखिएको नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने आन्तरिक लडाईं र खुट्टा तान्ने प्रवृती नै सबैभन्दा खराब प्रवृती हो । बोल्दा विचार नपु-याई बोलीमा प्रतिस्पर्धा गर्ने राजनीतिज्ञले देशको विकास गर्न सक्ने क्षमता न्यून हुन्छ । महत्वाकांक्षी योजनाहरु ल्याउछु भन्दै बोल्ने तर व्यावहारमा ल्याउन नसक्दा जनताहरुको विश्वास पनि टुट्दै गएको छ । अग्नी परीक्षा राष्ट्रिय साप्ताहिकबाट

 

प्रतिकृया दिनुहोस



विविध

Techie