बजार निर्माता अथवा ‘स्टक डिलर’

बजार निर्माता अथवा ‘स्टक डिलर’

नेपाल सरकारले देशमा पुँजी बजारको विकास गर्न, सेयर बजारलाई बलियो र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनुका साथै बजारमा विदेशी लगानीकर्तालाई समेत आर्कषित गर्न प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, कानुनी संरचना तथा नियमन क्षमताको विकास गर्नुपर्ने हुन्छ । धितोपत्र बजारलाई सन्तुलित, स्थिर र बिलियो बनाउन र बेला–बेला हुने तरलताको समस्याबाट जोगाउन जिम्मेवार निकायहरूले कुनै न कुुनै उपायको प्रयोग गर्नु अहिलेको आवश्यकता हो । यस्तै उपायहरूमध्ये स्टक डिलरलाई बजारमा प्रवेश गराउनु अहिले सान्र्दभिक हुन्छ । नेपालको पुँजी बजारको विकासको लागि स्टक डिलरको रूपमा बलियो पुँजी, प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, अनुभवी संस्थालाई भित्र्याई बजारलाई विकृतिमुक्त, थप बलियो, स्थिर, आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको बनाउनु आजको आवश्यकता पनि हो ।
पृष्ठभूमीः
नेपालको धितोपत्र बजार अत्यन्त संवेदनशील बजार हो । हरेक समयमा यसले बलियो अभिभावकको साथ खोजिरहेको हुन्छ । कुनै पनि राम्रो कामलाई समाजले चिन्न र कामको उचित मूल्याङ्कन गर्न लामो समय लाग्दछ तर यसको ठीक विपरीत नराम्रो काम भने छिट्टै फैलिन्छ । कारण राम्रोभन्दा नराम्रो कुरालाई फैलन कम समय लाग्दछ । जति सजिलोसँग डढेलो फैलिन्छ र सखाप बनाउँछ त्यसलाई नियन्त्रण गर्न धेरै गाह्रो हुन्छ । नियन्त्रणमा आइसक्दा डढेलोले ठूलो क्षति गरिसकेको हुन्छ । जुन बजारमा धितोपत्र बजारसँग सम्बन्धित कुनै पनि स–सना समाचार, अभिव्यक्तिले पनि बजारलाई असन्तुलित, अस्थिर र अत्यन्त प्रभावित गर्दछ भने त्यस्तो बजारलाई संवेदनशील बजार भन्ने गरिन्छ । त्यस्तोे अवस्थामा धितोपत्र बजारमा विभिन्न विकृतिहरू प्रयोग गरी बजारलाई आफूअनुकूल प्रवाहित गरिन्छ । जस्तो कि इन्साइडर ट्रेडिङ, रुमर, चर्निङ, स्टक व्यासिङ, कर्नरिङ, पुलिङ, वियर रेडिङजस्ता बजारका विकृतिहरू प्रयोग गरी बजारलाई स्वाभाविकभन्दा आफूअनुकूल नियन्त्रण गर्न खोज्ने र लाभ उठाउने सामथ्र्य राख्ने केही लगानीकर्ता (खेलाडी) हुन्छन् र यिनीहरूलाई सहयोग गर्ने अरु व्यक्ति र सिस्टम पनि जोडिएका हुन्छन् । नेपालको धितोपत्र बजारमा पनि त्यस्तै चलाखेल देख्न सकिन्छ । नेपालको धितोपत्र बजार संवेदनशील भन्नुको तात्पर्य पनि यही हो । आजभन्दा करिब १० वर्ष अगाडि तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले धितोपत्र बजारलाई जुवाघरसँग तुलना गरेपछिको परिणाम सेयर बजारको लागि एउटा डढेलो नै सावित भएको तथ्य जगजायर नै छ । त्यसबेला ११ सय ७५ पुगेको नेप्से परिसूचक उक्त अभिव्यक्तिपछि लगातारको गिरावटबाट दुई सय ९२ सम्म झर्नुमा केही सहायक कारणहरू अरु नै भए पनि मुलुकको एउटा जिम्मेवार अर्थमन्त्रीको एकदमै हल्का र गैरजिम्मेवारपूर्ण अभिव्यक्तिलाई नै उक्त दुर्घटनाको मूल कारण मानियो । जुन घाउ दाग बनेर धितोपत्र बजारको इतिहासमा अझै पनि रहिरहेको छ र भविश्यमा पनि रहिरहनेछ । त्यस्तै अर्को दृष्टान्त वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार सम्हालेसँगै सेयर बजारलाई अनुत्पादक भनेर अभिव्यक्ति दिएपछि बजारमा लगातारको गिरावटका साथै त्यसको मनोवैज्ञानिक असर कायमै छ । सार्वजनिक पदमा बसेका जिम्मेवार व्यक्तिले भन्न खोजेको कुरा जस्ताको त्यस्तै भन्न सक्नुपर्छ । भन्न खोजेको र भनिएको कुरामा अलिकति पनि फरक प¥यो भने अर्थको अनर्थ लाग्न जान्छ र त्यसको असर बजारमा नकारात्मक पर्दछ । त्यस अभिव्यक्तिलाई पछि सच्याउन खोज्नु भनेको बन्दुकबाट निस्किसकेको गोली पुनः फर्काउन खोजेजस्तै हो । यसरी धितोपत्र बजारमा धितोपत्रसम्बन्धी मिडियामा प्रस्तुत हुने समचार, रिपोर्ट, विश्लेषण, अभिव्यक्ति, विषयवस्तु आदिले पनि नेपालको धितोपत्र बजारलाई अत्यन्तै प्रभावित पारिराखेको पाइन्छ । त्यसैले यस्तो असन्तुतिल र संवेदनशील बजारलाई सन्तुलित, स्थिर, बलियो बनाउन कुनै न कुनै कदन चाल्नु आजको आवश्यकता हो ।

नेपालको धितोपत्र बजारलाई विकास गर्न र अन्तर्राष्ट्रियस्तरको बनाउँदै लैजान सोहीबमोजिमको प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, कानुनी संरचना तथा नियमन क्षमताको विकास गर्नुपर्ने हुन्छ । धितोपत्र बजारमा हालका वर्षहरूमा प्राविधिको क्षेत्रमा केही सुधार हँुदै गएको महशुस भएको छ । पछिल्लो समयमा धितोपत्रको पूर्ण अभौतिकीकरण प्राथमिक बजारमा आस्वा तथा सी–आस्वा प्रणाली लागू भई ७७ वटै जिल्लाका बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट प्राथमिक बजारको सेवा उपलब्ध भएको र सफ्टवेरमा इन्टरनेटमार्पmत धितोपत्र खरिद÷बिक्री आदेश दिने व्यवस्थाको सुरुवात भएको छ । सुस्तरूपमै भए पनि मर्चेन्ट बैंकर तथा धितोपत्र दलाल व्यवसायीहरूको उपत्यका बाहिर पनि शाखा विस्तार हुने क्रम रहेको देखिन्छ । धितोपत्र बजारको विकास गर्ने विभिन्न उपाय तथा साधनहरू, जुन विश्वमा अभ्यास भइरहेका छन्, त्यस्ता उपाय तथा साधनहरूको खोजी र प्रयाग गरी बजारलाई विकास गर्नु अबको आवश्यकता हो । पछिल्लो समय नेपालको धितोपत्र बजारको विकास गर्ने सन्दर्भमा राजनैतिक कार्यक्रम होस् वा सरकारको नीति तथा कार्यक्रम वा बजेट भाषण होस् वा मैद्रिक नीति सदैव उठ्ने विषयवस्तु हो, स्टक डिलरको आवश्यकता । बजार निर्माताको अवधारणा पुरानो र समयासन्दर्भ नभएको भन्दै अहिले सेयरबजारमा स्टक डिलर आउने रे भन्ने हल्ला निकै सुनिन थालिएको छ । यसै परिवेशमा यो लेख प्रस्तुत गुर्न सान्दर्भिक ठानिएको छ । के हो त स्टक डिलर ? के गर्छ यसले ? यसको आवश्यकता किन प¥यो ? भन्ने सन्दर्भमा केही कुरा आम लगानीकर्ताहरूमाझ प्रस्ट्याउनु जरुरी छ ।
के हो त स्टक डिलर ?

स्टक डिलर भनेको त्यस्तो संस्था÷संरचना हो, जुन नियामक निकायको अनुमति लिई दोस्रो बजारमा ठूलो मात्रामा धितोपत्रहरूको खरिदबिक्री गरी धितोपत्र बजारमा हुने तरलतालाई नियन्त्रणमा राख्ने र धितोपत्र बजारमा सन्तुलन कायम राख्ने कार्य गर्दछ । साथै तरलतालाई पटक–पटक दोहोरिनबाट रोक्दछ । जब धितोपत्र बजारमा अस्वाभाविक उतारचडाव आई बजार असन्तुलन, अस्थिर भई तरलताको अवस्थामा बिचलनको स्थिति आउँछ त्यस्तो अवस्थामा स्टक डिलरहरूले तुरुन्त बजारमा प्रवेश गरी ठूलो मात्रामा धितोपत्रहरूको कारोबार गर्दछन् र बजारलाई सन्तुलनमा राख्न सहयोग गर्दछन् । यस्ता संस्था÷संरचनाको मुख्य उद्देश्य भनेको धितोपत्र बजारमा हुने तरलतालाई स्थिर राख्दै बजारमा सन्तुलन कायम राख्नु हो साथै पटक–पटक तरलतालाई दोहोरिन नदिनु पनि हो । यिनीहरूले बजारमा तुरुन्त प्रवेश गरेर छोटो समयमा ठूलो मात्रामा धितोपत्र कारोबार गर्ने निर्णय लिनुपर्ने भएकोले यस्ता संस्था÷संरचनाको बनावट स्वायत्त र स्वतन्त्र हुन्छन् । अहिलेसम्म नेपालमा यस्ता कुनै पनि कम्पनी छैन । त्यसैले नेपालको सेयर बजारमा समय समयमा अत्यधिक तरलता हुनेगरेको पाइन्छ । स्टक डिलर कम्पनीको उद्देश्य नाफामूलकभन्दा पनि सेवामूलक बढी हुनुपर्दछ ता कि उसले बजारलाई नियन्त्रणमा राख्न भूमिका निर्वाह गर्न सकोस् नाफा घाटा हेर्नेभन्दा पनि बजारलाई नियन्त्रण राख्ने उद्देश्यले कारोबार गर्नुपर्ने हुन्छ । यद्यपि यो पब्लिक कम्पनी हुनेछ र यसका सेयरधनीले प्रतिफलको आस गर्ने भएकोले केही नाफा कमाउनु पनि यो कम्पनीको दायित्व हुन जान्छ । स्टक डिलरको भूमिका निर्वाह गर्नु निकै चुनौतीपूर्ण हुने भएकोले कहिलेकहिँ कम्पनीले घाटा खाएर पनि बजारलाई नियन्त्रणमा राख्न भूमिका निर्वाह गर्नुपर्ने चुनौती रहन्छ ।
स्टक डिलरको भूमिकाः
यदि धितोपत्र बजारमा अधिक तरलता भएको अवस्थामा लगानीकर्ताहरूले बजारमा लगानी गर्न चाहिरहेको हुन्छन् र बजारमा ठूलो–ठूलो मात्रामा धितोपत्रहरू कारोबार भइरहेको हुन्छ । धेरै र ठूला मात्रामा धितोपत्रको कारोबार हुँदा बजारमा कुल कारोबार रकम र संख्या बढ्छ र धितोपत्र खरिदकर्ताहरूको चाप÷माग पनि बढ्छ । धितोपत्रको आपूर्तिभन्दा माग बढी हुँदा धितोपत्रको मूल्यमा वृद्धि हुन्छ र धितोपत्र बजार परिसूचक बढ्छ । धितोपत्र बजारमा कुनै किसिमको प्रभाव वा कारणले धितोपत्रको मूल्य अत्यन्तै, अस्वभाविक ढंगले बढेर बजारमा असन्तुलनको स्थिति आएमा स्टक डिलरले आफूसँग भएको धितोपत्रहरू बजारमा ठूलो मात्रामा बिक्रीको लागि आह्वान गर्दछन् । स्वाभावतः ठूलो मात्रामा धितोपत्रहरूको आपूर्ति हुँदा त्यसको मूल्य कम हुन्छ फलतः धितोपत्रको मूल्य अस्वाभाविक बढ्ने प्रवृतिको नियन्त्रण हुन्छ र बजारले सन्तुलन कायम राख्दछ ।

त्यसैगरी धितोपत्र बजारमा तरलताको कमी भएको अवस्थामा लगानीकर्ताहरूले बजारमा लगानी गर्न चाहिरहेको हुँदैनन् फलतः बजारमा स–सानो मात्रामा मात्र धितोपत्र कारोबार भइरहेको हुन्छ । थोरै र मझौला मात्रामा धितोपत्रको कारोबार हुँदा बजारमा कुल कारोबार रकम र कुल धितोपत्र कारोबार संख्या पनि न्युन हुन्छ र धितोपत्र खरिदकर्ताहरू नहुने अवस्था पैदा हुन्छ भने बजार अझै घट्न सक्ने आँकलन गरी बिक्रीकर्ताको चाप बढ्छ र मागभन्दा पूर्ति बढिरहँदा धितोपत्रको मूल्यमा ह्रास आउँछ । फलतः बजार धैरै घट्दै गई धितोपत्र बजारमा असन्तुलन आउँछ र बजारप्रति लगानीकर्ताको विश्वासनीयतामा पनि ह्रास आउँछ । यस्तो बेलामा स्टक डिलरले ठूलो मात्रामा धितोपत्रहरू खरिद गरी बजारमा धितोपत्रको माग बढाउँछन् फलतः आपूर्ति र मागको सन्तुलन कायम भई बजारमा सन्तुलन कायम हुन्छ । अतः धितोपत्र बजारमा स्टक डिलरले बजारमा धितोपत्रको मूल्यमा हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गरी बजार सन्तुलन कायम राख्न र तरलताको स्थितिलाई नियन्त्रणमा राख्न भूमिका निर्वाह गर्दछन् ।

स्टक डिलरको आवश्यकता किनः

देश विकास÷सम्वृद्धिको सूचकहरूमध्ये सर्वसाधारणले सजिलै बुझ्ने, पारदर्शी र हरेक दिन इन्टरनेटमा लाइभ हेर्न मिल्ने एक मात्र सूचक नेप्से परिसूचक हो । यो परिसूचक बढ्नुले देशको आर्थिक विकास र समृद्धि बढेको कुरालाई इंगित गर्दछ । त्यसैले नेपाल सरकारले देशमा पुँजी बजारको विकास गर्न, सेयर बजारलाई बलियो, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनुका साथै बजारमा विदेशी लगानीकर्तालाई समेत आर्कषित गर्न प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, कानुनी संरचना तथा नियमन क्षमताको विकास गर्नुपर्ने हुन्छ । धितोपत्र बजारलाई सन्तुलित, स्थिर र बिलियो बनाउन र बेला–बेला हुने तरलताको समस्याबाट जोगाउन जिम्मेवार निकायहरूले कुनै न कुुनै उपाय वा साधनको प्रयोग गर्नु अहिलेको नितान्त आवश्यकता हो । यस्तै उपायहरूमध्ये स्टक डिलरलाई बजारमा प्रवेश गराउनु अहिले सान्र्दभिक हुन्छ । नेपालको पुँजी बजारको विकासको लागि स्टक डिलरको रूपमा बलियो पुँजी, प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, अनुभवी संस्थालाई भित्र्याई बजारलाई विकृतिमुक्त, थप बलियो, स्थिर, आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको बनाउनु आजको आवश्यकता पनि हो ।

नेपालको पुँजी बजारको विकास गर्ने उद्देश्यसहित स्थापित नागरिक लगानी कोष एक सार्वजानिक सरकारी संस्था हो, जुन नागरिक लगानी कोष ऐन २०४७ बमोजिम स्थापित र सञ्चालित एक स्वायत्त संस्था पनि हो । नागरिक लगानी कोष ऐन २०४७ को दफा ३२(ड) मा उल्लेखित काम कर्तव्य र अधिकारको प्रयोग गरी पुँजी बजार विकासका लागि आवश्यकताअनुसार सहायक कम्पनी खडा गरी स्टक डिलरको कार्य गर्न सक्ने कानुनी व्यवस्था सुनिश्चित भएकोले कोषको नेतृत्वमा स्टक डिलर कम्पनी स्थापना गरी बजारमा प्रवेश गर्ने तयारी भइरहेकोे छ । कोषले यथाशिघ्र यस कार्यलाई अगाडि बढाउन सहायक कम्पनी खडा गरी नियामक निकायले त्यससम्बन्धी आवश्यक अुनमति तथा काम गर्न आवश्यक पर्नेे पुँजी, प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, कानुनी संरचनाको विकास गरी आवश्यक नीति, नियम, निर्देशिका, कार्याविधि आदि कुराहरूको निर्माण तथा तथा मौजुदा नियम परिमार्जन गरी काम थाल्ने जमर्को गरेको छ । स्टक डिलर कम्पनीलाई पुँजी संरचना, सञ्चालक, व्यवस्थापन, प्रविधि, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्थापनसम्बन्धी विशेषाधिकारसहित धितोपत्र कारोबारमा निर्णय गर्ने अधिकारमा स्वतन्त्र र स्वायत्तता प्रदान गर्नु जरुरी हुन्छ । किनकी यसले अत्यन्त छोटो समयमा बजारमा धितोपत्रको मूल्यमा हुने अस्वाभाभिक उतारचढावलाई नियन्त्रण गरी बजार सन्तुलन कायम राख्न र तरलताको स्थितिलाई नियन्त्रणमा राख्न तुरुन्त सेयर खरिद वा बिक्री गर्ने दूरदर्शी निर्णय लिनुपर्ने हुन्छ । यसका लागि पुँजी बजारसम्बन्धी मौजुदा कानुन÷नियम÷विनियम÷निर्देशिकाहरू परिमार्जन गर्नुपर्ने हुन्छ भने आवश्यक पर्ने नयाँ निमार्ण गर्नुपर्ने हुन्छ । जुन कार्य सरोकारवाला निकायले गरिरहेको बुझिएको छ । यस्ता कानुन÷नियम÷विनियम÷निर्देशिकाहरू बनाउँदा वा परिमार्जन गर्दा सरकारले स्टक डिलर कम्पनीलाई लाभकरमा सुविधा, ब्रोकर कमिशनमा सुविधा, व्यवसाय करमा सुविधा, आम्दानी करमा सुविधा, साफसाफ प्रकृयामा सुविधा, धितोपत्र दलालको लाइसेन्सजस्ता सुविधाहरू दिई स्टक डिलर कम्पनीहरूलाई बजारमा भित्रिन प्रोत्साहन गर्नुपर्दछ । ता कि यिनिहरूले बजारमा आफ्नो उपस्थिति बलियो कायम राखी कालान्तरसम्म पनि निरन्तर काम गरिरहन सकून् ।

(आर्थिक दैनिक बाट)

प्रतिकृया दिनुहोस


Techie