शे फोक्सुण्डो राष्ट्रिय निकुञ्‍ज भित्र झण्डै दुइ दर्जन अवैध भरुवा बन्दुक फेला !

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्‍ज भित्र झण्डै दुइ दर्जन अवैध भरुवा बन्दुक फेला !

काठमाडौं,जेठ १०
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्‍ज भित्र झण्डै २ दर्जन अवैध हतियार फेला परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका र शे फोक्सुण्डो गाउँपालिकामा फैलिएको निकुञ्‍ज क्षेत्रभित्रै लुकाइ राखिएको अवस्थामा अवैध हतियार फेला परेका हुन् ।भेटिएकामध्ये केही बन्दुकमा गोली भरिएको थियो ।

निकुञ्‍ज ले तिनलाई खाली गराएको छ । भेटिएका बन्दुक र घोरलका छाला निकुञ्‍ज को कार्यालय, सुलिगार्डमा राखिएको छ ।स्रोतका अनुसार भीर, पहरा, गुफा र खोल्साखाल्सीमा लुकाइएको अवस्थामा बन्दुक फेला पारिएको थियो ।

अवैध चोरी शिकारी रोक्नका लागि निकुञ्जले हातहतियार खोजी गर्ने अभियान सञ्चालन गरेपछि सो परिमाणको भरुवा बन्दुक र छाला बेवारिसे रूपमा फालिएको अवस्थामा बरामद गरिएको बताइएको छ । बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक कसका हुन्, कसले चोरी शिकारी गरेको छ भन्ने विषयमा अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।

प्रतिकृया दिनुहोस


Techie