संचारकर्मी ठाकुर द्वारा बिरामीलाई रक्तदान!

संचारकर्मी ठाकुर द्वारा बिरामीलाई रक्तदान!

रौतहट, जेष्ठ १०
रौतहटका संचारकर्मी अमित ठाकुरले उपचारत एक बिरामीलाई रक्तदान गरेका छन् । बिश्वब्यापीमा फैलिएको नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९ मा विश्व नै कोरोनाको चपेटामा परेको हुँदा उपचार गराउनमा समस्या भईरहेका बिरामीका बुवाले बताएका छन्.।

गौर नगरपालिका वडा नंबर ६ निवासी तजामुल मियाको १५ बर्षीय छोरी आसमिन खातुनको महिनामा गडबडी भएको कारणले २० दिन सम्म ब्लडिङ्ग हुँदा खातुनकी हेमो ग्लोबिन ४.६ माझरेको थियो।खातुनकी ब्लड ग्रुप B-neg भएको कारणले रगत खोज्नमा धेरै समस्या भई रहेको खातुनकी बुवा मियाले बताएका छन्।

ब्लडको आवशयक परेको खण्डमा संचारकर्मीले कोरोना भाईरसको प्रवाह नै नगरी सतर्कता अपनाई रक्तदान गरेका हुन। खातुन गरिब परिवार कि छिन्। खातुनको बुवा दैनिक ज्यालादारी गरि आफ्नो परिवारको गुजारा चलाउने गर्छन्। खातुन अहिले गौर अस्पतालमा उपचारत छिन्।

प्रतिकृया दिनुहोस


Techie