कोरोना संक्रमित देखा परेपछी ग्राण्डी अस्पताल सिल !

कोरोना संक्रमित देखा परेपछी ग्राण्डी अस्पताल सिल !

काठमाडौं,जेठ १०
ग्राण्डी अस्पतालमा कोरोना संक्रमित व्यक्ति देखा परेपछी अस्पताल सिल गरिएको जानकारी प्राप्त भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि उपचार प्रक्रिया नेपालको हकमा सरकारी अस्पतालको मात्रै जस्तो गरी निजी अस्पतालहरुको त्यसमा कुनै दायित्व नभएको जस्तो गरी पन्छिदै आएको नेपालको एक प्रमुख मध्येको एक मानिने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज एक जना पुरुषमा कोरोना देखा परेको पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३५बर्षिय पुरुषमा कोरोना संक्रमण भएको बताएको थियो । उनै बिरामी ग्राण्डीमा संक्रमित व्यक्ति रहेको स्रोतले बताएको छ । कन्टयाक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिसकेको स्रोतले बताएको छ । तत्काल अस्पताल सिल गरेर उनको सम्पर्कमा आएकाहरुको खोजी गरि परीक्षण गर्ने तयारी भएको थाहा भएको छ ।

प्रतिकृया दिनुहोस


Techie