मद्येशी नेता दूतावास पसे !

मद्येशी नेता दूतावास पसे !

काठमाडौं,जेठ १०
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालले नँया नक्सा जारी गरेपछि भारतिय पक्ष जस्तै केही नेपाली नेताहरु पनि छटपटाउन थालेका छन् । र उनीहर भारतिय दूतावास छिर्न थालेका छन् ।

त्यसरी दूतावास छिर्ने मदेशी नेताहरुमध्येका पछिल्ला पात्र नेपाली कांग्रेसका सांसद सांसद डा. अमरेश कुमार सिंह  हुन । उनी शुक्रबार साँझ साढे पाचँ बजेपछी भारतीय दूतावास भित्र छिरेका थिए । र उनी पौने सात बजे पछि मात्रै त्यहाँवाट वाहिरिएका हुन ।

उनले भारतीय राजदूत विनय मोहन क्वात्रासँग सवा दुई घण्टा गोप्य वार्ता गरेका थिए । त्यसैगरी जनता समाजवादी दलका नेता महेन्द्रराय यादव गत ६ गते मंगलबार दिउँसै दूतावास छिरेका थिए । त्यसदिन सरकारको निति तथा कार्यक्रम माथि उठेको प्रश्नको प्रधानमन्त्री केपी ओलीले संसदमा जवाफ दिएका थिए । सरकारको नीति तथा कार्यक्रममा स्रसोधन प्रस्ताव राख्ने मध्येका उनी पनि एक थिए ।

संसदले उनको संसोधन प्रस्ताव अस्वीकृत गरेपछि दूतावास छिर्ने पहिलो मद्येशी नेता थिए । उनले राजदूत क्वात्रासँग वार्ता गरेको भोली पल्ट सोही पाटिकी सांसद सरिता गिरी दूतावास छिरेकी थिइन । गत ७ गते दूतावास बाट सांसद गिरी फर्किएपछि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि दूतावास छिरेका थिए । उनले पनि साजदूतसँग गोप्य वार्ता गरेर फर्किएका थिए ।

 

 

प्रतिकृया दिनुहोस


Techie