केन्द्र र प्रदेश सरकारको निर्देशन बिपरित गौर नगरपालिका कांग्रेस नेता यादव !

केन्द्र र प्रदेश सरकारको निर्देशन बिपरित गौर नगरपालिका कांग्रेस नेता यादव !

रौतहट,जेष्ठ ४
बिश्वब्यापीमा फैलिएका नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९ मा गौर नगरपालिकाले सरकारको नीति नियम अनुसार राहत बितरण नगर्दा नेपाली कांग्रेसका युवा नेता मोहन यादवले ६ बुंदे तपसिल सहित बिज्ञप्ती निकालेका छन्।

संघीय सरकार र प्रदेश सरकारले लकडाउनको समयमा राहत बितरणको तालिका सार्वजनिक गर्दा पनि गौर नगरपालिकाले १० किलो चमल,२ किलो दाल, २ किलो आलु,५ सय ग्राम खाने तेल सहित १ किलो नुन बितरण गरी ५४ औं दिन सम्म यस बाहेक केही बितरण नगर्दा अबिलम्ब राहत प्याकेज बितरण गर्न नेपाली कांग्रेसका युवा नेता यादवले बिज्ञप्ती जारी गरेका हुन।

रौतहटको सबै भन्दा जेठो नगरपालिका भएको खण्डमा अन्य नगरपालिकाको तुल्नामा गौर नगरपालिका राहत बाँडफाँडमा पनि कमीकमजोरी गरेको भन्दै अबिलम्ब राहत उपलब्ध गराउन नेता यादवले बिज्ञप्ती मार्फत माँग गरेका छन्। दैनिक ज्यालादारी गरि आफ्नो परिवार चलाईरहदा लामो समयको लकडाउनमा नगरबासीको कुनै चिन्ता नलिई असहज महसुस गरिरहेका नगरबासी प्रती नगरपालिकाको कुनै निर्णय नआउँदा अबिलम्ब राहतको ब्यवस्थापन गराउन युवा नेता यादवले माँग गरेका छन्।

अहिलेको परिस्थितिमा नगरबासीको पुरै जिम्मेवारी नगरपालिकाको रहेता पनि अहिले सम्म नगरपालिकाले केही नगरेको भन्दै बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको युवा नेता यादवले बताएका छन्।

नगरका अति बिपन्न तथा गरिब असहाय भएको ब्यक्तिलाई तुरुन्तै खाद्यान्नको ब्यवस्था गराउने, नगर भित्र दैनिक ज्यालादारी गर्ने मजदुरहरूको रोजगारीको ब्यवस्थापन नभए सम्म लकडाउनको समयमा आर्थिक अनुदान वा राहत उपलब्ध गराउने, नगरबासीको जिविकोपार्जणको मुख्य स्रोत कृषि नै रहेको हुँदा लामो समयको लकडाउन हुँदा भुमिकर सहित अन्य कर १ बर्षको लागि मिनाहा गर्ने, नगरबासीलाई अहिलेको समयमा सुपथ मुल्यमा बीउ,रसायनिक,ईन्धन बिक्रीबितरण गराउने,लकडाउनमा नगरबासीको आर्थिक स्थिती कमजोर भएको खण्डमा साना ब्यवसायहरुलाई कम दर रेटमा ब्याज सहितको ऋण ब्यावस्था गराउन युवा नेता यादवले माग गरेको छन् ।

५४ औं दिनको लकडाउनमा १० किलो राहतले गरिब,दलित, असहाय ब्यक्तिहरुको जिवनयापन नहुने भन्दै युवा नेता यादवले बिज्ञप्ती निकालेका छन्।

प्रतिकृया दिनुहोस


Techie