कोरोना भाइरस नेपाल : थप दुई सहित २७८पुगे कोरोना संक्रमित ! धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

कोरोना भाइरस नेपाल : थप दुई सहित २७८पुगे कोरोना संक्रमित ! धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

काठमाडौं,जेठ ३

महोत्तरी र काभ्रेमा गरि थप दुई जनामा कोरोना भाइरस कोभिड (१९) सङ्कमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सगैं नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ। त्यसैगरि कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको थाहा भएको छ । रिपोर्टको थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको अस्पताल स्रोतले बताएको छ । स्वास्थ्य मन्त्रालायले भने परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र ज्यान जानुको कारण नखुलेको र रिपोर्ट आएपछि औपचारिक जानकारी गराइने पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् ।

प्रतिकृया दिनुहोस


Techie