गरिब,विपन्न वर्गलाई देवाहीगोनाही नगरपालिका द्धारा राहत वितरण !

गरिब,विपन्न वर्गलाई  देवाहीगोनाही नगरपालिका द्धारा राहत वितरण !

रौतहट,चैत २२
ज्यालादारीमा,आश्रीत,दैनिक छाक टार्न नसक्ने गरिब परिवारलाइ देवाहीगोनाही नगरपालिकाले राहत वितरण गरेको छ । विश्वव्यापी रुपले फैलिएकोको कोरोना भाइरसको कारणले नेपालमा भाइरसको संक्रमण रोक्न सरकारले मुलुकभर लकडाउन लागु गरेपछि दैनिकी कामकाजले जिवनयापन गर्दै आएको गरिब,न्युनवर्ग तथा यस महामारीबाट पीडित भएका हरुलाई राहत वितरण गरेको छ ।

नगरपालीकाका मेयर धर्मेन्द्र पटेल , उपमेयर परनिया देवी पटेल र संम्बन्धित वाडका प्रतिनीधिहरुको सहभागीतामा राहत वितरण गरिएको छ । प्रत्येक परिवारलाई २५ किलो चामल,३ किलो दाल,२किलो नुन,२००ग्राम बेसारहल्दी र १ लिटर सरसो को तेल बितरण गरेको नगरपालीकाले बताएको छ । राहत वितरण कार्य देवाहीगोनाही २ करुनिया मुसहरी बस्तीबाट सुरु गरिएको नगरपालीकाले बताएको छ ।

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस


Techie