परीक्षणको दायरा बढाउन नसके संक्रमणको चेन तोड्न गाह्रो हुन्छ : गगन थापा

परीक्षणको दायरा बढाउन नसके संक्रमणको चेन तोड्न गाह्रो हुन्छ : गगन थापा

काठमाण्डौँ,चैत २२
पूर्व स्वास्थ्य मन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना भाइरस संक्रमण परीक्षणको दायरा बढाउन नसके संक्रमणको चेन तोड्न गाह्रो हुने बताएका छन् । नेपालमा पनि कोरोना भाइरस संक्रमित बढिरहेको अवस्थामा थापाले परीक्षणको दायरा बढाउनुपर्ने बताएका हुन् ।

शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै थापाले भने, ‘हामीले निरन्तर भनिरह्यौँ संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔँ, संक्रमितको सम्पर्कमा रहेकाको खोजी गरौँ, अलग राखौँ र लक्षण नदेखिए पनि परीक्षण गरौँ ।’

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सरकारले चेत्नुपर्ने बताए । उनले थपे, ‘सरकार अब त चेतौँ । परीक्षणको दायरा फराकिलो बनाऔँ, परीक्षणको गति र संख्या बढाऔँ ।’ स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्रै तीनजना कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या नौ पुगेको छ ।

 

 

प्रतिकृया दिनुहोस


Techie