कोरोना संक्रमण न्यूनीकरणका उपाय

कोरोना संक्रमण न्यूनीकरणका उपाय

काठमाण्डौं,चैत २१
विश्वपरि वेशमा देखिएको नोबेल कोरोना भाइरस (कोभिड—१९)को संक्रमणको दर नेपालको सन्दर्भमा वर्तमान परीपेक्षमा सतहीरूपमा रहेको देखिए पनि यसको उच्च जोखिमयुक्त समूहमा नेपाललगायत समस्त दक्षिण एसिया क्षेत्र नै रहेको तथ्यलाई विश्व स्वास्थ्य संगठनले औँल्याइदिएपश्चात् त्रासउन्मुख वातावरण तयार भएको हो । कोभिड–१९ संक्रमणको गम्भीरतालाई मध्यनजरमा राखी राज्यका तर्फबाट अपनाउनु पर्ने नागरिक स्वास्थ्य सुरक्षासम्बन्धी न्यूनतम आधारभूत आवश्यकता मनन गर्दै जनहितका खातिर लकडाउन जस्तो अप्रीय निर्णय लिन बाध्य हुनुपरेको देखिन्छ ।वर्तमान अवस्थामा सुक्ष्मरूपमा रहेको भनिएको संक्रमणको जोखिमलाई हामीले समयमै नियन्त्रण गर्नेतर्फ सकारात्मक पाइला चाल्न सकेनौँ वा लापरबाही ग¥यौँ भने, उच्च जोखिमको घेरावन्दीबाट हामीहरू कोही पनि सकुशल मुक्त रहन सक्दैनौँ । त्यसो भएको हँुदा कुनै एक व्यक्ति मात्र कोभिड–१९ को संक्रमणबाट ग्रसित रहेको पाइएमा उसले उक्त जोखिमयुक्त संक्रमण कहाँबाट भित्र्याउन सक्षम रह्यो भन्ने तथ्यलाई खुट्याउनु पर्नेछ । प्रस्तुत तथ्यबाट यस सन्दर्भमा आवश्यक पर्ने महत्वपूर्ण सूचनाहरू संकलन गर्न सहयोगीको भूमिका निर्वाह हुनेछ । किन कि संक्रमणपश्चात् संक्रमित व्यक्ति वा समूह कुन अवस्थामा रहेको थियो भन्ने सूचनाका आधारमा सम्बद्ध समूहले पारेको जोखिमको दरलाई मूल्यांकन गर्नुपर्ने हुन्छ । यसप्रकारका सकारात्मक कार्यको विकासले संक्रमणका सन्दर्भमा उठेका अनेकन यक्ष प्रश्नहरूको समाधान गर्दै जोखिम न्यूनीकरणको क्षेत्रमा घनात्मक नतिजा हासिल गर्न सकिनेछ । प्रस्तुत जोखिमयुक्त गतिविधिमा समयमा नै विचार पु¥याउन सकिएन भने संक्रमणको महामारीले गाउँ, सहर वा बस्ती–बस्तीलाई सखाफ नपार्ला भन्न सकिँदैन । तसर्थ संक्रमणमा रहेका वा संक्रमित रहन सक्ने सम्भावना भएका विश्वका हरेक मुलुकलगायत नेपालले पनि आफ्ना नागरिक समुदायलाई उनीहरूको स्वास्थ्य स्थितिको गाम्र्भीयतालाई मध्यनजरमा राखी स्वास्थ्य परीक्षणका लागि सम्बन्धित स्वास्थ्य प्रतिष्ठानहरूमा अविलम्ब जान अपिल गर्ने वातावरण तयार गर्नु पर्नेछ ।

अतः जोखिमयुक्त अवस्थाबाट आफु र समाजलाई मुक्त रहनको लागि आवश्यक पर्ने सूचनाहरू सामाजिक सञ्जालका अतिरिक्त छापापत्रिका वा अन्य कुनै सूचना प्रवीधिका माध्यमबाट आम जनसमुदायलाई सम्प्रेषण गराउनु सामाजिक उत्तदायित्वका विविध रूपमध्येको एक रूप हो । त्यसो भएको हुदाँ राज्यका तर्फबाट नागरिक समाजप्रति सामाजिक उत्तरदायित्व बोध गर्दै इमानदारीपूर्वक संक्रमणको जोखिम हाल कुन अवस्थामा रहेको छ भन्ने, कुराको जानकारी दिनुपर्ने हुन्छ । राज्यका तर्फबाट चालिने यसप्रकारका सकारात्मक कदमबाट विश्वव्यापी संक्रमणको जोखिमको सही मूल्यांकन गर्दै प्रभावकारी रूपमा सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सहज हुने अवस्था पैदा हुनेछ ।संक्रमित समूहका अतिरिक्त जनस्वास्थ्यमा समर्पित रहने सम्पूर्ण समूहको स्वास्थ्य सुरक्षा संम्वेदनशीलतालाई विशेष ध्यानमा राख्दै आ–आफ्नो कार्यक्षेत्रबाट तनमनका साथ लाग्ने प्रयत्न गर्ने हो भने, जोखिमपूर्ण अवस्थामा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै राहत व्यवस्थापनको क्षेत्रमा उपलब्धिमूलक नतिजा प्राप्त हुने कुरामा कुनै आशंका रहने छैन । असहज परीस्थितिमा पनि धैर्य एवं संयमताका साथ सहयोगी भावले कार्य गर्नु नै यथार्थमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु हो । नैतिकरूपमा अपनाउनुपर्ने कतिपय स्वास्थ्यसम्बन्धी मूल्य एवं मान्यतालाई आत्मसाथ गर्दै सेवाभावयुक्त व्यवहारले संक्रमित समूहसँग संसर्गमा रहदा हुनसक्ने सम्भावित जोखिमको दरलाई भने अवश्य पनि ख्याल राख्नुपर्ने हुन्छ । सकारात्मक प्रवृतिलाई शिरोधार्य गर्दै कार्य गर्ने चेष्टा राख्ने हो भने, मनोवैज्ञानिकरूपमा संक्रमित समूहमा रोगप्रतिरोधात्मक क्षमताको अभिवृद्धि भई राहत व्यवस्थापनको अनुभूति गर्न सक्नेछन् ।राज्यका तर्फबाट आफ्ना नागरिक समुदायको स्वास्थ्यप्रति गम्भीर रहँदै ज्यादै भीडभाड हुने क्षेत्रमा वाक्लो उपस्थितिलाई न्यून गर्ने प्रयास स्वरूप लकडाउनसम्बन्धी व्यवस्थालाई राज्यले कडाइका साथ अंगीकार गरेको हो । जसअनुसार विद्यालय, विश्वविद्यालय, सिनेमाघर, स्विमिङपुललगायतका क्षेत्रमा जोखिमको बाहुल्यता कायम रहेको महसुस गर्दै बन्द गरिएको वर्तमान अवस्था हो । साथै संक्रमणको उच्च जोखिम कायम रहेसम्म कसरी घर–घरमा नै सुरक्षित रहने भन्ने तथ्यले यस क्षेत्रमा भिन्नै अर्थ राख्ने हुुँदा सुरक्षित रहने उपायका विधिलाई आम जनसमुदायमाझ व्यापकरूपमा प्रचारप्रसार गर्नु जरुरी भइसकेको छ । किन कि नेपालको उत्तरी र दक्षिणी छिमेकी मुलुकमा देखिएको संक्रमित महामारी कोभिड–१९ को प्रकोपबाट नेपालमा के–कस्तो प्रभाव परेको छ भन्ने, कुराको सही सूचनामूलक जानकारी प्राप्त गर्नु आम नागरिकको नैशर्गिक अधिकार क्षेत्रका विषयवस्तु हुन् । संघीन अवस्थामा रहेको संक्रमणसम्बन्धी सत्यतथ्यलाई लापरबाही वा अन्य कुनै कारणले गोप्य राख्न खोजिए यसको प्रभाव प्रत्योत्पादक साबित भई असाधारण संक्रमणको जोखिम बहन गर्नुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन ।त्यसो भएको हुँुंदा कुनै पनि बहानामा संक्रमणसम्बन्धी यथार्थपरक सूचनाहरू गोप्य नराखी समयमै सम्प्रेषण गरी नागरिक समूहलाई उनीहरूको स्वास्थ्यप्रति सम्वेदनशील रहँदै सामाजिक उत्तरदायित्वको रक्षा गर्न कुनै प्रकारको कसर बाँकी राख्न राज्य चुक्न हँुदैन । बिग्रँदो पर्यावरणीय वातावरणले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावका अतिरिक्त सफा खाद्य सुरक्षा, औषधि एवं जनस्वास्थ्यप्रति राज्य एवं नागरिक समाज सचेत रहनसक्ने अवस्था प्रारम्भ हुने हो भने, निश्चितरूपमा आम जनमानसको जीवनशैलीमा अभूतपूर्व सुधार ल्याई यस प्रवृतिका संक्रमणबाट सदाका लागि सकुशल मुक्त रहनसक्ने संस्कृतिको सम्भावना जीवन्त रहनेछ ।

परिणामत ः सफा, सुरक्षित स्वास्थ्य अवधारणाको विकास हुन गई विश्वव्यापीरूपमा रहेको संक्रमित कोरोना भाइरसको सन्दर्भमा धेरै नै सफलता प्राप्त गर्न सहज हुनेछ । यसका लागि जनस्वास्थ्यको क्षेत्रमा आमनागरिक समुदायको पहुँचको अभिवृद्धि गर्ने कार्यलाई महत्वपूर्ण सामाजिक उत्तरदायित्वको विकास मान्न सकिन्छ । यसप्रकारको कार्यको थालनीबाट नागरिक समाजले आफ्नो सुस्वास्थ्यप्रति सदैव, सजक एवं सतर्क रही आवश्यक सूचनाको आधारमा प्रकोप के हो भन्ने सहीरूपमा छुट्याउन सामर्थवान बन्नेछन् । तर, यसका लागि सामान्य रुघाखोकी तथा नोबल कोरोना भाइरस ( कोभिड—१९) का बारेमा रहेको तात्विक भिन्नतासहितको पहिचानको सम्बन्धमा आमजनसमुदायलाई सुशिक्षित गराउने हो भने, प्रकोप न्यूनीकरणको क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल गर्न सकिनेछ । साथै स्वास्थ्य सेवामा संलग्न रहने समूहको अतिरिक्त अन्य नागरिक समुदायले समेत विपत्त व्यवस्थापनको क्षेत्रमा सचेत रही अहोरात्र क्रियाशील रहने हो भने संक्रमणको जोखिममा धेरैहदसम्म न्यूनता छाउने छ भन्न सकिन्छ ।नागरिकको स्वास्थ्य समस्या समाधानको लागि हरपल चिन्तित रहने प्रवृति नै कल्याणकारी राज्यको अवधारणा हो । जसभित्र सामाजिक उत्तरदायित्वलगायतका स्वास्थ्यसम्बन्धी सम्पूर्ण विषयहरू समाहित रहने छन् । जसका आधारमा राज्यको नागरिक समाजप्रतिको सामाजिक उत्तरदायित्वको उचित मूल्यांकन गर्न सहज हुनेछ । यसप्रकारको कदमको बाहुल्यताले निश्चितरूपमा राज्यको बलियो उपस्थिति रहेको महसुस गर्न सकिनेछ । जनस्वास्थ्यको क्षेत्रमा राज्यको पहुँच अभिवृद्धि गर्दै नागरिक स्वास्थ्यप्रति जागरुक हुने हो भने, वर्तमान र भविष्यमा समेत हुनसक्ने सम्भावित संक्रमण जोखिम न्यूनीकरणका प्रशस्त उपायहरू अवलम्बन गर्न कुनै कठिनाइ उत्पन्न हुने छैन । प्रारम्भिक चरणमा नै सचेत रहदै कार्य गर्ने हो भने, निश्चितरूपमा विषम परिस्थितिबाट गुज्रिनु पर्ने अवस्था सिर्जना हुने छैन भन्ने विश्वास लिन सकिन्छ ।(आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie