कञ्चनपुरमा लकडाउनको अटेरी गर्ने करिब डेढ सय जना प्रहरी नियन्त्रणमा, फ्रान्सबाट फर्किका एक जनालाई क्वारेन्टाइनमा

कञ्चनपुरमा लकडाउनको अटेरी गर्ने करिब डेढ सय जना प्रहरी नियन्त्रणमा, फ्रान्सबाट फर्किका एक जनालाई क्वारेन्टाइनमा

कञ्चनपुर, चैत्र १३

कोरोना भाइरसको संक्रमण जोखिम न्युनिकरण गर्ने सरकारले आह्वान गरेको लकडाउन को निर्णय अटेरी गर्ने करिब डेढ सय व्यक्तिलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारले गत ११ गते स्थानीय सरकारले कञ्चनपुरमा गत ९ गतेदेखि कोरोनाको जोखिम बढेको भन्दै लकडाउन गर्ने निर्णय गरेको थियो त्यस यता बुधबार बेलुका सम्म लकडाउनेको नियमलाई अटेरी गर्ने करिब एक सय ४७ जना व्यक्ती लाई प्रहरीले नियन्त्रणमा लिएको कञ्चनपुरका प्रहरी नायव उपरिक्षक(डिएसपी) रबिन्द्र पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार नियमको अटेरी गर्ने एक सय ४७ व्यक्ति लाई नियन्त्रणमा लिइएको हो । यस्तै नियमको उल्लङघन गर्ने ६७ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।

यस्तै कञ्चनपुरको दोधारा–चाँदनीका एक जना नेपालमा भेटिएकी कोरोना संक्रमित १९ वर्षीय महिलासंगै कतार एयरलायन्सबाट आएको खुलेको छ । उनलाई हाल होम क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

गत चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आएका एक सय ५८ जनामध्ये एक महिलामा कोरोना संक्रमण पुष्टि भए पछि सो एयरलाइन्सबाट आएका अन्यहरुको नामावली सहित खोजी भइरहेको छ जनाइएको छ ।

कतार एयरलाइन्सबाट आएकाहरु मध्ये एक जना कञ्चनपुरको दोधारा–चाँदनीका रहेको खुल्न आएको छ उनलाई अहिले होम क्वारेन्टाइनमा राखिएको महाकाली अस्पतालका डा.सरोज आचार्यले जानकारी दिए ।

‘चैत्र ४ गते कतार एयरलाइन्सबाट आएका दोधारा–चाँदनीका एक व्यक्तिलाई दोधारा कै होम क्वारेन्टाइनमा राखिएको छ, त्यस्तो लक्षण त केही देखिएको छैन् महाकाली अस्पताल ल्याउने कुरा भएको भएपनि पछि आफैले त्यतै बस्ने कुरा गरेपछि दोधारा कै क्वारेन्टाइनमा राख्ने कुरा भएको हो, त्यसैले उनलाई दोधारकै होम क्वारेन्टाइनमा राखिएको छ ।’ उनले भने ।

एउटै फ्लाइटमा आएका हुनाले जोखिम रहेकाले ती मानिसको नमूना लिने तयारी भइरहेको डा. आचार्यले बताए ।

प्रतिकृया दिनुहोस


Techie