फ्रान्सबाट आएकी १९ वर्षिय संक्रमित युवतीसँगै विमानमा यात्रा गरेकाहरूको नामावली

फ्रान्सबाट आएकी १९ वर्षिय संक्रमित युवतीसँगै विमानमा यात्रा गरेकाहरूको नामावली

काठमाण्डौं,चैत १२
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षिय कोरोना संक्रमित युवतीसँगै विमानमा यात्रा गरेकाहरूको नामावली आर्थिक दैनिकलाई प्राप्त भएको छ । १९ वर्षिय ति युवतीको नाम गोप्य राखिएको छ ।

जसको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ। कोरोना संक्रमित ति युवतिको अवस्था सामान्य रहेको टेकु अस्पताल स्रोतले बताएको छ।


यसअघि चीनबाट नेपाल आएका एक युवामा पनि कोरनाभाइरस देखिएको थियो।

उनी निको भएर घर फर्किसकेका छन्। आज पनि थप एक जनामा कोरोनाभाइरस देखिएको छ ।

यो सगैँ नेपालमा तीन जना व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

 

पछिल्लो समयमा कोरोभाइरसको जोखिमलाई ध्यान दिँदै सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमाथि यात्रु ल्याउन प्रतिबन्ध लगाएकोमा त्यसको पालना नभएकोबारे अनुसन्धान अघि बढाइरहेको अधिकारीहरूले बताएका छन्।

कतिपय वायुसेवाले सरकारले प्रतिबन्ध लगाएका गन्तव्यबाट नेपाली यात्रुहरूलाई ल्याएको र प्रतिबन्धका बावजुद उनीहरूलाई अवतरणको अनुमति दिइएको थियो।

प्रतिकृया दिनुहोस



विविध

Techie