श्रीमहाँकाल माविको प्रअमा सिताराम घिमिरे नियुक्त

शिक्षण सिकाइ क्रियाकलापलाई सहज बनाउन शिक्षकको पेसागत दक्षता तथा उनीहरूको निष्ठापूर्वक समर्पणको भावनाले प्रमुख भूमिका खेल्दछ।

श्रीमहाँकाल माविको प्रअमा सिताराम घिमिरे नियुक्त

१२ फागुुन,सुुलुुसुले । शिक्षण एउटा कला मात्रै नभएर सामाजिक गतिविधि तथा विद्यालय सामाजिकिकरण गर्ने संस्था पनि हो । विद्यालयमा रोचक र गुणस्तरीय शैक्षिक वातावरणको सुनिश्चितताको लागि प्रत्यक्ष सरोकार राख्ने जिम्मा बिद्यालयको प्रमुुख अर्थात् प्रधानाध्पक ठुुलो जिम्मेवार रहन्छ । यस्तै ललितपुर जिल्लाको दक्षिणकाली केन्द्रमा रहेको श्रीमहाँकाल माध्यामिक बिद्यालय पधानाध्यापको रुमा सिताराम घिमिरे पुस २३ देखि नियुक्त हुुनुभएको छ ।

  • शिक्षक, विद्यार्थी, अभिभावक तथा व्यवस्थापन लगायतका पदाधिकारी बिच सुमधुर सम्बन्ध, सहकार्य, सद्भाव, सहयोग गर्ने उत्साहजनक वातावरण तर्जुमा एवम् सिर्जना गर्ने कुरा उहाँले आफ्नो पदग्रहण गर्नेक्रममा बनाउनु भएको छ । साँथै दक्षिण ललितपुरको नमूना शैक्षिक विद्यालय बनाउँन आवश्यक पहलका लागि सरकार तथा स्थानिय निकाय सँग समन्वय गरी कार्र्य गर्ने कुरा पनि बताउँनु भयो ।

शिक्षण सिकाइ क्रियाकलापलाई सहज बनाउन शिक्षकको पेसागत दक्षता तथा उनीहरूको निष्ठापूर्वक समर्पणको भावनाले प्रमुख भूमिका खेल्दछ। साधानस्रोतको उपलब्धता तथा त्यसको वैज्ञानिक व्यवस्थापनलाई गुणस्तरीय शिक्षणको लागि नजर अन्दाज गर्न सकिने र गुणस्तरीय शिक्षाको लागि शिक्षण सिकाइ क्रियाकलाप पनि गुणस्तरीय हुनुपर्ने कुरामा उहाँको भनाई रहेको छ । भने त्यसको लागि प्रतिभाशाली जाँगरिलो पेसाप्रति समर्पित शिक्षक अपरिहार्य हुन आवश्यक रहेको पनि बताउँनु भयो ।

प्रतिकृया दिनुहोस



विविध

Techie