नगरपालिकामा सेनेटरी प्याड वितरण

नगरपालिकामा सेनेटरी प्याड वितरण

अर्घाखाँची, फागुन १२
सन्धिखर्क नगरपालिकाले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा सेनेटरी प्याड वितरण कार्यक्रमलाई तीव्रता दिइएको छ । जसअन्तर्गत वडा न ८ मा रहेको जनता कृष्ण माविमा आइतबार सेनेटरी व्याड वितरण गरेको छ । विद्यालयका छात्राहरुलाई प्याड वितरण गर्दै उपप्रमुख ठाकुर कुमार विकले छात्राहरु रजस्वला हुँदा विद्यालयमा नआउने हुँदा पाठ्यक्रम अपेक्षित अध्ययन गर्नबाट बन्चित भएकोले त्यसलाई रोक्नको लागि प्याड वितरण गरिएको बताए । महिलाहरु रजस्वला हुनु प्राकृतिक र स्वाभाविक प्रक्रिया भए पनि मानिसमा रहेको साँस्कृतिक र परम्परागत सोचका कारण सुधार हुन नसकेको बताउँदै यसको सुधारको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie