मान्छे थुन्न सत्तापक्षका कार्यकर्ताहरुलाई विप्लवको जनसेनाको ट्याग

पक्राउ सबैलाई प्रहरीले गर्यो रिहा

"पत्रकारितामा जे भेट्छ सहजै पचाउँछ" पत्रकारिता पढ्दाको चल्तिको उखान हो यो । पत्रकारिताकैक्रममा समय समयमा विभिन्न आरोह अवरोह आई रहन्छ । जुन राम्रो पनि समाचार वन्छ नराम्रो पनि । वन्छ त आखिर समाचार नै ।

केहि दिनदेखि उपत्यकामा सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) महासचिव भएको नेकपाका हतियारधारी फौज राजधानी छिर्यो भनेर गाईगुँई समाचार आई रहन्थ्यो । त्यसै सूचनालाई पछ्याउँदै जाँदा एउटा सूचना आयो । बबरमहलस्थित मिनि क्याफेमा खाना खाईरहेको अवस्थामा सात जना विप्लवका जनसेना पक्राउ पर्यो भनेर ।

सवा एक वजेतिर महानगरीय प्रहरी वृत्त सिंहदरवार पुग्दा वृत्त प्रमुख डिएसपि कौशल बुढाथोकी आफ्नो मोवाईलमा कुरा गर्दै भन्दै थिए । हुन्छ, हस्, छोड्छु तर तपाँई आएर वुझ्नु भए हुन्थ्यो ।

महानगरीय प्रहरी वृत्त सिंहदरवार हिराशतमा कक्षमा थिए नुवाकोट लिखु गाउँपालिका वडा नम्वर ५ का उनान्तीस वर्षिय प्रकाश डंगोल, नुवाकोट लिखु गाउँपालिका वडा नम्वर १ का कुसब ढुंगाना, प्रभु खतिवडा, सन्तोष राई, नुवाकोट लिखु गाउँपालिका वडा नम्वर ४ का श्रीकृष्ण भट्टराई, नुवाकोट लिखु गाउँपालिका वडा नम्वर ५ का रामनारायण श्रेष्ठ र रोशन आचार्य । प्रहरीहरु प्रारम्भीक वयानकाक्रममा थिए । पक्राउ परेका व्यक्तिहरु स्पष्टिकरण दिंदै थिए ही निर्दोष छौ । हामी सत्तापक्ष नेकपाका कार्यकर्ताहरु हौ । तपाँईहरुमा गलत सूचना आयो होला ।

धेरैपछि प्रहरी निष्कर्षमा पुग्यो की पक्राउ परेका व्यक्तिहरु नवठेकेदारहरु रहेछन् । जो पूर्व कृषिराज्यमन्त्री राधिका तामाङ्गको कार्यकर्ताहरुसमेत रहेको भन्ने समेत अनुसन्धानकैक्रममा खुल्न आयो । उनिहरु ठेक्कापट्टाकैक्रममा काठमाण्डौ आज आएको र विपक्षी ठेकेदारहरुले प्रहरीलाई केहि दिन भएपनि थुनि दिएमा ठेक्का एकलौटी पार्न सकिन्छकी भनेर अल्झाउन प्रहरीलाई गलत सूचना दिएको अनुसन्धानकाक्रममा खुल्न आएको प्रहरीले जनाएको छ । उनिहरुलाई आजै काठमाण्डौका मनमैजु वस्ने आफन्तको जिम्मामा छोडिएको छ ।

यध्यपी प्रहरीले आफ्नो सुराकीको नाम भने गोप्य राखेको छ । समय वर्वादि, हैरानी र दुख त पक्राउ गर्ने र पक्राउ पर्ने दुवैले पायो । प्रहरीले गलत सूचना दिने व्यक्तिउपर केकस्तो कारवाहि गर्छ भन्ने विषय भने प्रतिक्षाकै विषय वनेको छ ।  

प्रतिकृया दिनुहोस


Techie