ग्लोबल आईएमई बन्यो देशकै ठूलो बैंक

ग्लोबल आईएमई बन्यो देशकै ठूलो बैंक

काठमाडौं, मंसिर २०
ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । बैंकले जनता बैंकलाई मर्जर गरी शुुक्रबारदेखि ग्लोबल आईएमई लिमिटेडको नाउँबाट एकीकृत कारोबार सुरु गरेपश्चात् बैंक देशकै ठूलो बैंक बन्न लागेको हो । मर्जरमार्फत दुुवै बैंकले आजबाट एकीकृत कारोबार सञ्चालन गर्न लागेका हुुन् । नेपाली बैंकिङ क्षेत्रमा ग्लोबल र जनताको मर्जर पहिलो बिग मर्जर हो । 

एकीकृत कारोबार सञ्चालनको लागि मंसिर १८ गते साँझ ६ बजेदेखि १९ गते रातिको १२ बजेसम्म बैंकको एटीएम सेवा, क्रेडिट कार्ड सेवा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा बीएलबीबाट प्रदान गरिने सेवा बन्द रहेको थियो । मर्जरको लागि दुुवै बैंकले गत असार २० गते सम्झौता गरेका थिए । एकीकृत कारोबारपश्चात् बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप दुुई खर्ब १२ अर्बभन्दा बढी र कुल कर्जा लगानी दुुई खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल तथा सेवा केन्द्रको संख्या आठ सय ५० भन्दा बढी हुनेछ । बैंकको तीन सयभन्दा बढी शाखा र तीन हजार दुुई सय ५० भन्दा बढी कर्मचारीहरु रहनेछन् । 

यसैगरी बैंकको एटीएम काउन्टरको संख्या दुुई सय ५६, शाखारहित बैैंकिङ सेवाको संख्या दुुई सय ४१, एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टरको संख्या ३३ र वैदेशिक सम्पर्क कार्यालयको संख्या तीनवटा पुुगेको छ । ग्लोबल आईएमई बैंक मर्जरमा सधैं अग्रपंक्तिमा रहेको ग्लोबलले १० वटा विभिन्न वित्तीय संस्थासँग र जनताले सातवटासँग मर्ज गरिसकेकोले यो १८औं मर्ज रहेको र यो वित्तीय क्षेत्रमा नयाँ कीर्तिमान छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध