जर्जिया पठाई दिन्छु भनी ठगी गर्ने मानिस पक्राउ

जर्जिया पठाई दिन्छु भनी ठगी गर्ने मानिस पक्राउ

काठमाडौं, कात्तिक २२
जिल्ला दोलखा गौरीशंकर गाउँपालिका वडा नं. ६ घर भई का.जि.का.म.न.पा. ३२ कोटेश्‍वर बस्ने कामे शेर्पालाई जिल्ला मोरङ पथरी नगरपालिका वडा नं. १ वस्ने रामकृष्ण राईले जर्जियामा क्लिनर को जागिर लगाई दिने र उक्त कम्पनीले मासिक ९०,०००।- तलव, खान बस्न समेत कम्पनीले नै दिने प्रलोभन देखाई ७,५०,०००। (अक्षरुपी सात लाख पचास हजार ) रुपैया ठगी गरी सम्पर्क विहिन भएको भन्ने प्राप्त जाहेरीका आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले निजलाई खोजतलास गर्दै जाने क्रममा मिति २०७६।०७।२१ गते मोरङ जिल्लाको उर्लावारीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजले राजन राईबाट ३५००००।–, ईन्द्र लिम्बुबाट ५,००,०००।– रकम लिई ठगी गरेको खुल्न आएको छ । निजले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने सम्भावना रहेकोले समयमै सजगरसचेत रहन सम्पुर्ण महानुभावहरुमा अनुरोध गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस