लाइन्सका रेजिनल चेयरपर्सनलाई मोरङ प्रहरीद्वारा अभद्र व्यवहार मुद्दा दर्ता

लाइन्सका रेजिनल चेयरपर्सनलाई मोरङ प्रहरीद्वारा अभद्र व्यवहार मुद्दा दर्ता

विराटनगर, कात्तिक २२
लाइन्स क्लबका क्षेत्रीय अध्यक्ष तथा विराटनगर महानगरपालिकाका रेजिनल चेयरपर्सनलाई मोरङ प्रहरीले पक्राउ गरी मुद्दा समेत दर्ता गरेको छ । मोरङ प्रहरीले जानकारी दिएअनुसार सामाजिक सञ्जालमार्फत अश्लील म्यासेज पठाएको आरोपमा लाइन्सका रेजिनल चेयरपर्सन पक्राउ परेका हुन् । खेमराज नेपाललाई प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ । विराटनगर–३ भट्टा चोकमा बस्दै आएका नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले अभद्र व्यवहार मुद्दा दर्ता गरेको कुरा बताइएको छ ।

पक्राउ परेका नेपाल जग्गा कारोबारी भएको र पर्यटन व्यवसायसँगै लायन्स क्लबमा पनि सक्रिय रहेको कुरा थाहा भएको छ । विराटनगर पुष्पलाल चोककी एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका नेपाललाई मंगलबार अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिइजूले जानकारी दिएका थिए । प्रहरीका अनुसार नेपालले महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा अश्लील सन्देश पठाएका थिए । म्यासेज पठाएलगत्तै महिलाले प्रहरीलाई मौखिक उजुरी गरेकी थिइन् । उजुरीलगत्तै प्रहरीले नेपाललाई नियन्त्रणमा लिएको थियो ।

पीडित महिलाले मंगलबार मात्र लिखित उजुरी दिएपछि अभद्र व्यवहार मुद्दा दायर गरिएको डीएसपी खिइजूले बताएका थिए । समाचारस्रोतका अनुसार सुरुका दिनमा सामान्य ट्राभल्स सञ्चालन गर्दै आएका खेमराज नेपाल जग्गाको कारोबारमा हात हालेपछि अप्रत्यसितरूपमा कमाउन सफल भएपछि नै पर्यटन व्यवसायी हुँदै लाइन्सका रेजिनल चेयरपर्सनसम्म बनेको कुरा जानकाहरूले जानकारी दिएका छन् । प्रहरीस्रोतले दिएको जानकारीअनुसार सामाजिक सञ्जालमार्फत गरेको दुर्व्यवहारमा साइबर क्राइमअन्तर्गत मुद्दा चल्छ । तर, पीडित महिलाले साइबर क्राइम मुद्दा चलाउन नमानेपछि प्रहरीले बाध्य भई जिल्ला प्रशासन कार्यालयमार्फत अभद्र व्यवहार मुद्दा दर्ता गरेको कुरा प्रहरीले नै बताएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस