रुप ज्योति पक्राउ

रुप ज्योति पक्राउ

काठमाडौं, कात्तिक २२
व्यवसायी तथा शाही शासनका अर्थ सहायकमन्त्री रुप ज्योति (कंसाकार)लाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ज्योतिलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनी सिंगापुरबाट फर्किँदै गर्दा पक्राउ परेका हुन् । हाउजिङको नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको भन्दै उनीविरुद्ध मुद्दा परेको थियो ।

काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन गत वर्ष मंसिर २० गते प्रहरीलाई अनुमति दिए पनि ज्योति त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले यही कात्तिक १९ गते अर्थात् गत मंगलबार उनको निषेधाज्ञासम्बन्धी रिट खारेज गरेको थियो । रिट खारेज गरेसँगै काठमाडौं जिल्ला अदालतको आदेशअनुसार ज्योति पक्राउ परेका हन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस