सबैका सहयोगी हातले चुनौती सामना गर्न सकिन्छ – लेखराज भट्ट, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

सबैका सहयोगी हातले चुनौती सामना गर्न सकिन्छ – लेखराज भट्ट, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

काठमाण्डौं,चैत १६
सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहजरूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने घोषणा गरेको छ र सोही अनुसार काम पनि गरिरहेको छ तर केही स्थानमा व्यापारीले अनावश्यक रूपमा बढी मूल्य लिएर उपभोक्तालाई ठगी गरिरहेको भन्ने गुनासो पनि आएको छ । सरकारले खाना पकाउने एलपी ग्यासदेखि अन्य सामग्रीको सहज आपूर्तिका लागि विशेष व्यवस्था गरेको छ । यसै सन्दर्भमा रहेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज सँग राष्ट्रिय समाचार समिति (राससले विशेष अन्तरर्वार्ता गरेको छ । राससले मन्त्री भट्टसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश 


सरकारले लकडाउन घोषणा गरेपछि आपूर्ति व्यवस्थालाई कसरी अगाडि बढाइरहेको छ ?

कोरोनाको सबैभन्दा ठूलो उपचार लक डाउन नै हो । लक डाउनलाई कसरी बुझे भन्ने कुरा भन्ने कुरा महत्वपूर्ण छ । भारतमा पनि २१ दिने लक डाउन घोषणा भएको छ । यसबाट बच्ने सबैभन्दा सजिलो र सरल उपाय भनेको लक डाउन नै हो । भारतजस्तो मुलुकले पनि त्यसलाई नै प्रमुख सहारा लिएको छ । चीनले पनि नियन्त्रण गरेको पनि लक डाउनबाट नै हो । अझ हामीले हे¥यौँ भने सिङ्गापुर, ताइवान, दक्षिण कोरियाले पनि त्यसैलाई प्रमुख प्राथमिकता दिएका छन् । त्यो भएर अहिलेको परिस्थिति भनेको लक डाउन नै हो । हामीबाहिर निस्कनु हुँदैन । कुरा यही आउँछ, बाँचेपछि खाने हो तर बाँच्नका लागि खाने कुरा नै चहियो । यो दुईवटै विषय अन्तरसम्बिन्धत नै छ । हल्ला चल्नेबित्तिकै जब मानिसहरू बजारतर्फ ओइरिए, तब भीड आतङ्क भयो ।धेरैले अर्थात् हुने खाने उपभोक्ताले ठूलो मात्रामा खाद्य पदार्थ सञ्चय गरेका छन् । ग्यासमा दुईचारवटा सिलिण्डर घरमा राखेका छन् । नहुनेले मात्रै केही जोहो गरेका छैनन् । लक डाउनपछि दूध, तरकारी जस्ता पदार्थमा समस्या आउँछ । कालीमाटीमा पर्याप्त तरकारी आइरहेको छ । खाद्यान्न पर्याप्त छ । वितरण प्रणाली कसरी मिलाउने भन्ने कुरा मात्रै हो । बाहिर ननिस्केपछि घरसम्म कसरी पु¥याउने भन्ने विषय जटिल छ । हामीले पूरा गर्नु पनि छ । हाम्रो दुईवटा संस्था साल्टटे«डिङ र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत उपत्यकामा केही पसल खुलाइएको छ । ती पसुलबाट केही सहज भएको छ । यस्तै, उपत्यकामा व्यवसायीलाई विशेष गरी खाद्य पदार्थका पसल खोल्नुस् भनेका छौँ । जनतालाई पनि अतिआवश्यक भएका खाद्यान्न लिन मात्रै बाहिर ्निस्कनुस् भनेका छौँ । लक डाउनलाई जनताले नै सहयोग गरेका छन् । देशैभरि पनि सहयोग भएको छ । एकदुईवटा जिल्लाबाहेक अन्यत्र समस्या छैन । अर्को सञ्चारमाध्यमबाट पनि सकारात्मक सन्देश गएको छ । त्यो हाम्रोमा मात्रै होइन विदेशमा पनि त्यस्तै देखिएको छ । सचेतनाका कार्यक्रम मात्रै गएको छ ।

काठमाडौ“ उपत्यकामा बढी नागरिकको बसोबास छ, त्यसलाई व्यवस्थापन गर्ने विषय आफै“मा के कति चुनौतीपूर्ण रहेको छ ?

हो, उपत्यकामा व्यवस्थापनको विषय चुनौतीका रूपमा रहेको छ । हामीले लक डाउन गरेपछि लाखौँ मानिस बाहिर पनि गएका छन् । अब हाम्रो हाम्रो चुनौती भनेको वितरण प्रणाली कसरी मिलाउने भन्ने हो । काठमाडौँमा मात्रै १५ वटा मिनी ट्रक तयार पार्न भनेको छौँ । चामल, दाल, नुन, तेल, आलु, तेलजस्ता खाद्यपदार्थ जहाँ आवश्यक छ, जहाँ जरुरी पर्छ त्यहाँ उपलब्ध गराउन लागेका छौँ । यो टोलमा समस्या छ भनेर खबर गर्न ११३७ नम्बरको टोल फ्री नम्बर पनि तम्तयारी हालतमा राखेका छौँ । त्यसको तयारीमा लागेका छौँ । ललितपुर र भक्तपुरमा सात÷सातवटा मिनी ट्रक तयारी हालतमा राखेका छौँ । यसरी अब ‘मोबाइल’ मार्फत नै सामग्री उपलब्ध गराउनेतर्फ लागेका छौँ । महामारी नै फैलिएको अवस्थामा पनि व्यवस्थापन गर्ने तयारी गरेका छौँ । जस्तोसुकै अवस्थामा पनि तयार रहनुपर्छ भनेर लागेर लागेका छौँ । ठूला व्यापारिक चेन सुपर मार्केटहरू, जस्तैः भाटभटेनी, बिग मार्ट, सेल्स बेरीलाई पनि तपाईंका ग्राहक जोजो छन्, उनीहरूसँग फोनबाटै अत्यावश्यक सामग्रीको आपूर्तिका लागि अर्डर लिने व्यवस्थापन गर्न भनेका छौँ । अनलाइनबाट पनि अर्डर लिन भनेका छौँ । सामान लैजाने सवारी साधनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पास उपलब्ध गराउने भनेका छौँ । त्यो मनस्थितिमा बस्नुस् भनेका छौँ । तरकारी, दूध, विशेषगरी काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाबाट आउँछन् । त्यसका लागि आउने सवारी साधन सहज आउने व्यवस्था गरेका छौँ । यस्तै चालकलाई सहजरूपमा उपभोग्य वस्तु ल्याउने वातावरण बनाउन ट्रक व्यवसायी महासङ्घको अध्यक्ष र महासचिवलाई नै मन्त्रालयमा बोलाएर छलफल गरेको छु । कुनै पनि हालतमा ढुवानीका साधन बन्द हुनु हुँदैन भनेका छौँ । चालकलाई विशेष भत्ता दिनुस् भनेका छौँ । मूल्य बढाउने काम नगर्नुस् भनेका छौँ । उनीहरूले सरकारको कदमलाई सहयोग गर्ने बताएका छन् ।

भारतले २१ दिने लकडाउन गरे पनि ग्यासलगायत पेट्रोलियम पदार्थ आयातमा समस्या पर्छ कि भन्ने गुनासो पनि आएको छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

ग्यास आयात गर्ने बुलेट नेपालको छैन । ती सबै भारतकै हुन् । पछिल्ला दिनमा लगातार ग्यासका बुलेट आयात भइरहेको छ । उताको चालकले नमाने समस्या हुन्छ भनेर भारतको सम्बन्धित पक्षसँग हाम्रो वाणिज्य सचिवले नियमित हटलाइनमा कुरा गरिरहनुभएको छ । उताबाट आयात हुने कुनै पनि वस्तु रोकिने छैन । रोकिएको पनि छैन । हामीले कूटनीतिक पहलमार्फत त्यसलाई सहजीकरण गरेका छौँ ।

खाद्यान्नको अवस्थाचाहि“ कस्तो छ ?

हामीलाई ६ महिना पुग्ने खाद्यान्न छ । उपत्यकामा पनि सहज छ । उपत्यकाको तीन जिल्ला छाडेर ७४ जिल्लाको अवस्था के हो भन्ने हेरेका छौँ । काठमाडौँ उपत्यका आसपासको जिल्लामा यहीबाट पनि जान्छ । स्वयम् त्यहाँ उत्पादन पनि हुन्छ । बाँकी जिल्लामा जिल्ला प्रशासनमार्फत के चाहिन्छ, के कस्तो व्यवस्था गर्नुपर्ने हो ? अभाव के छ भनेर रिपोर्ट गर्नुस् भनेका छौँ । हाम्रो वाणिज्य कार्यालय भएका स्थानमा त्यसैलाई सक्रिय बनाएका छौँ । अनुगमन भएको छ । जाजरकोट, पश्चिम रुकुम र मुगुमा खाद्यान्नको अभाव छ भन्ने जानकारी आएपछि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई तत्काल चामल पठाउन भनेका छौँ । दोस्रो स्थानीय र प्रदेश सरकारलाई पनि कुन सामानको अभाव हो भनेर जानकारी लिएका छौँ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार मेट्रिक टन चामल मौज्दात छ । यस्तै, २० हजार मेट्रिक टन धान छ । त्यसबाट लभगभ १५ हजार मेट्रिक टन चामल बन्छ । खरिद पनि गर्ने भनेका छौँ । साल्ट टे«डिङसँग आगामी १० महिनालाई पुग्ने नून मौज्दात छ । त्यसलाई वितरण गर्ने प्रणाली बनाएका छौँ । चिनी दुई÷तीन महिनालाई पुग्ने छ । उद्योगले भर्खरै चिनी क्रसिङ गरेका छन् । उद्योगमा स्टक पनि छ, नयाँ पनि छ । दशँै तिहारसम्म पुग्ने चिनी छ ।

हाम्रो आफ्नो भण्डारण क्षमताका हिसाबले पेट्रोलियम पदार्थमा केही दबाब परेको छ भन्ने पनि सुनिन्छ नि ?

पेट्रोलियम पदार्थ हामीसँग सात दिनलाई पुग्ने छ । पाइप लाइनमार्फत ल्याउँछौ । डिजलको अभाव हुँदैन । पेट्रोलको हकमा लकडाउन भएपछि माग पनि कमै हुन्छ । विशेष गरी, नेपाल सरकारका आवश्यक साधन, सुरक्षा निकायका सवारी मात्र चल्छन् । त्यसमा समस्या हुँदैन । ग्यासमा केही नयाँ तरिकाले अगाडि बढ्ने योजना बनाउँदैछाँै । केही गरी ग्यास आउन सकेन भने त्यसको व्यवस्थापनका लागि गृहकार्य गरिरहेका छौँ । केही गरी कोरोेना फैलिइ नै हाल्यो भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयोजन गर्ने गरी एक लाख सिलिण्डर भरेको ग्यास उपलब्ध गराउने गरी व्यवस्थापन गर्न भनेका छौँ । एक लाख भरेको र एक लाख खाली सिलिण्डर तम्तयारी हालतमा राख्न उद्योगलाई भनेका छौँ । आवश्यक परेको खण्डमा उपलब्ध गराउने गरी तयारी हालतमा राखेका छौँ । जनताको सहयोग सरकारलाई चाहिन्छ । मिडियाको सहयोग पनि चाहिन्छ । सरकारले केही गर्न सकेनभन्दा पनि यो स्थानमा छैन, त्यहाँ पुग्नु प¥यो भन्ने तरिकाले सुसूचित गराउनुपर्छ । समस्या भएको स्थानमा हाम्रो निकाय पुग्छ । हामीले भनेका छौँ, अभाव भएको स्थानका जनताले मलाई अत्यावश्यक सामान खरीद गर्न जानुप¥यो भनेर सुरक्षामा खटिएका प्रहरीलाई भनेर जान सक्नुहुन्छ । निस्कनै नसके सम्पर्क गर्नुपर्छ ।

लकडाउनका कारण अरुले समस्या नभोगे पनि दैनिक ज्यालादारीमा काम गर्ने मजदूरका हकमा बढी समस्या परेको छ, त्यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

हो, यो विषय उठेको छ । मैले उच्चस्तरीय समितिमा समेत यो विषयलाई पटक पटक राखेको छु । काम नभईकन दैनिक ज्यालादारीले पैसा पाउँदैनन् । सरकारी, निजी क्षेत्रमा पनि दैनिक ज्यालादारीमा छन् । त्यसको व्यवस्थापन कसरी गर्ने भनेर छलफल गरिरहेका छौँ ।

यस्तो जटिल अवस्थालाई लिएर आपूर्ति प्रणालीलाई सहज बनाउने सन्दर्भमा प्रेसरचाहि“ कस्तो महसुस गरिरहनुभएको छ ?

अब अहिलेसम्म खासै, प्रेसर महसुस त भएको छैन । तैपनि केही न केही जटिलता नै छ । हामीले चाहेर पनि गर्न नसकिने अवस्था छ । सुरक्षाका केही विषय छन् । हाम्रो सामान समुन्द्रमा १४ दिन क्वारेन्टाइनमा राखेको छ । भारतले पनि समुद्रमा नै क्वारेन्टाइनमा राखेको छ । यता आउँदा पनि समय लाग्छ । समयका कारण यहाँ के हुने हो भन्ने दबाब परेको छ । विशेष गरी, अरु विषयमा भन्दा औषधि र पेट्रोलियम पदार्थ र ग्यासमा केही दबाब छ । ग्यास माग गरेभन्दा बढी आएको छ । सामान्य अवस्थामा ग्यासको माग ३५ हजार मेट्रिक टन हो । अहिले ५० हजार मेट्रिक टन आएको छ । केही उद्योगमा पनि सञ्चिति छ । केही जनताले पनि सञ्चिति गरेका छन् । यसले त जसले सञ्चिति गरेको छ, यसले माग गर्दैन । खाद्यान्न पनि त्यस्तै हो । दोस्रो पक्ष तरकारीलगायत दैनिकी सामग्री छ । त्यो बजारमा आएन भने के गर्ने भन्ने अवस्था छ । त्यसमा समस्या छ ।

ग्यास आफै“मा जोखिमपूर्ण र प्रज्वलनशील पदार्थ हो, यसको अनावश्यक भण्डारण गर्दा, त्यसबाट अन्य जोखिम पनि बढ्छ, त्यसबाट जोगाउन सरकारको तर्फबाट केही सचेतनाका कार्यक्रम अगाडि बढाइएको छ ?

हामीले माननीय कोमल ओलीको स्वरमा नै एउटा सचेतनामूलक सामग्री तयार पारेर प्रकाशन, प्रसारण गरिसकेका छौँ । यत्ति बेला त हामी सचेत हुनैपर्छ । पेट्रोलियम पदार्थजस्तो प्रज्वलनशील पदार्थ बढी भण्डारण गर्ने हुँदैन । ग्यास लिकेज हुँदा आफैँमा खतरा हुन्छ । आवश्यक पर्ने जति मात्रै राखौँ । हामीले खाद्यवस्तु र औषधि उद्योग नियमित चलाउन भनेका छौँ ।

ग्यासको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्ने तथा गराउनेतर्फ सरकारको केही योजना छ ?

हो, देशभित्रै प्रर्याप्त मात्रामा विद्युत् उपलब्ध छ । त्यसलाई सदुपयोग गर्नेतर्फ पनि हामीले सोचका छौँ । उच्चस्तरीय समितिमा पनि छलफल भई निर्णय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको तयारी गरेको छ । नेपाल खाद्य व्यवस्था कम्पनीसँग पनि ६ हजार विद्युतीय चुल्हो थियो । ती चुल्होमध्ये धेरै बिक्री भएको छ । हामीले इन्डक्सनलाई पनि प्राथमिकतामा राखेका छौँ । माग आयो भने खरिद गरेर पनि जनतामा पु¥याउने योजना बनाएका छौँ । ग्यासको विकल्पमा त्यसलाई राखेका छौँ । यो योजनासँग जोडिएको छ । एक हजार इन्डक्सन चुल्हो बिक्री भएको छ ।

उद्योगी व्यवसायीका छाता सङ्गठनसँगको छलफल र तयारी कस्तो छ ?

मन्त्रालयका तर्फबाट हामीले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घसँग नियमित छलफल गरेका छौँ । उहाँहरू पनि संकटको घडीमा सरकारलाई सहयोग गर्न तयार नै हुनुहुन्छ । हामीले सहयोग गर्नुस् भनेका छौँ । उहाँहरू सहयोगी भएर आउनु भएको छ । कानून विपरित गर्नेलाई कारवाही भएको छ । यसबीचमा झण्डै रु ६० लाखबराबरको जरिवाना पनि भएको छ । अब उपभोक्ता ऐनलाई कार्यान्वयन गरेर, वाणिज्यको महानिर्देशकलाई पाँच वर्ष कैद र रु तीन लाख जरिवाना गर्ने अधिकार पनि दिएका छौँ । सङ्कटको घडीमा मौका उठाउनेलाई सोझै कारबाही गर्छौ । अब जरिवाना मात्रै होइन, कैद नै गर्नुपर्छ भन्ने छ । ललकडाउनका आवश्यकभन्दा बढी कर्मचारी नराख्ने भने पनि हामीले वाणिज्यका अधिकांश कर्मचारी र मन्त्रालय मातहतका अन्य कर्मचारीलाई समेत एकीकृतरूपमा बजार अनुगमनमा समेत खटाएका छौँ । हामीले कर्मचारीलाई बिदा दिएका छैनौँ । समस्या देखिएको स्थानमा अनुगमन समूह गएको छ । गृहले पनि आवश्यक सहयोग गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)लाई पनि भनेका छौँ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुगमन गर्न भनेका छौँ । लकडाउनपछि सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

विषम परिस्थितिमा उपभोक्तामाथि ठगी गर्ने प्रवृत्ति देखिन्छ, अहिले कस्तो पाउनुभएको छ ?

सुरुआतका दिनहरूमा उपभोग्य वस्तु बढी मूल्यमा बेचेको देखियो । वाणिज्य विभागका महानिर्देशकको नेतृत्वमा रहेको अनुगमन टोलीले विभिन्न क्षेत्रमा अनुगमनमा गएको थियो । म आफैँ पनि केही पसलको अनुगमनमा गएको थिएँ । अनुगमन टोलीले कारबाही गर्न सुरु गरेपछि उपभोग्य वस्तुको बढी मूल्य लिने क्रम ह्वात्तै घटेको छ । अहिले मूल्य बढेको मैले पाएको छैन । पहिलेकै मूल्यमा वस्तुहरू खरिदबिक्री भइरहेको छ । बजारमा मूल्य बढेको देखिएको छैन । एकाध वस्तुमा मूल्य बढेको छ । जस्तो चिनियाँ स्याउ, लसुनको मूल्य केही बढेको देखिएको छ । चिनियाँ नाका धैरै समयदेखि बन्द हुँदा भाउ बढेको हो । केरुङ र तातोपानी नाका तत्काल खोल्ने विषयमा द्विपक्षीय कुराकानी भइरहेको छ । आन्तरिक अवस्थामा तरकारीलगायत वस्तुको उत्पादन बढेसँगै अघिको तुलानामा केही मूल्य घटेको छ ।

उद्योगी व्यवसायीले मास्क, स्यानिटाइजर, जनस्वास्थ्यस“ग सम्बन्धित सामग्री स्वदेशमै उत्पादन थाल्ने तयारी गरेका छन् । सरकारले त्यस्ता व्यवसायीलाई कसरी सहजीकरण गरिरहेको छ ?

यसअघि मास्क, स्यानिटाइजरलगायतका सामग्री हामीले दैनिक प्रयोग गर्ने गरेका थिएनौँ । हिजोका दिनमा विशेषगरी स्वास्थ्य क्षेत्रमा मात्र त्यस्ता सामग्रीको प्रयोग हुन्थे । अहिले सबैलाई आवश्यक भयो । हिजोका दिनमा मासिक २५ हजार मास्क खपत हुन्थ्यो । अहिले एक्कासि माग बढेको छ । स्यानिटाइजर पनि नेपालमै उत्पादन हुन थालेको छ । चेम्बर अफ कमर्सले दैनिक ५० हजार मास्क उत्पादन गर्न सुरु गरेको छ । अन्य उद्योगले पनि उत्पादन थालेका छन् । अब हाम्रो आवश्यकतामा मास्कको अभाव हुँदैन । छिमेकी मुलुक भारतले कुनै प्रकारका स्वास्थ्य उपकरण निर्यात नगर्ने बताए पनि हामी कूटनीतिक माध्यमबाट नेपालका लागि खुला गर्नुपर्छ भन्ने ढङ्गले कुराकानी हुनेछ । अहिलेसम्म भारतीय पक्षबाट त्यस्ता सामग्रीमा कुनै रोकावट भएको छैन । अब नयाँ परिस्थिति आउँदा त नयाँ परिस्थितिअनुसार हामीले पनि रणनीति बदल्नुपर्छ । हामीले औषधि उद्योगीहरूलाई यतिबेला कुन औषधि चाहिन्छ त्यसको आत्मनिर्भरतातर्फ जाउँ भनेका छौँ । मेडिकल कीट, भेन्टिलेटर उत्पादनको त सम्भावना नै छैन । विदेशबाटै ल्याउनुपर्छ । चीन वा भारतसँग कुराकानी गरेर ल्याउनुपर्छ । विशेषगरी औषधिको कच्चा पदार्थ चीनबाट आउने हुँदा चिनियाँ नाका खुलाउनुपर्छ भन्नेमा हामी पुगेका हौँ । चीनले कोरोनाको सङ्क्रमणलाई शून्यमा झारेदेखि नै अत्यावश्यक वस्तुको उत्पादन बढाइरहेको अवस्था छ । त्यसकारण चीन, भारतलगायत अन्य मुलुकबाटबाट पनि औषधिलगायत अत्यावश्यक वस्तुको आयात गर्ने तयारीमा छौँ । नेपाल एयरलाइन्सको जहाज पठाएर त्यस्ता सामान ल्याउँछौँ ।

चीनले नेपाललाई अत्यावश्यक सामग्री उपलब्ध गराउने घोषणा गरेको सन्दर्भमा त्यस्ता सामग्री ल्याउन नेपालले के गरिरहेको छ ?

चीनले औषधिलगायत अत्यावश्यक वस्तु उपलब्ध गराउने बताएका छ । त्यसका लागि पहल भइरहेको छ । सरकारले केही सामग्री किन्ने तयारी पनि गरेको छ । सरकारले कोरोना विशेष कोष समेत खडा गरेको छ । सरकारले कोषमा रकम जम्मा गरिसकेको छ । यस्तै विविभन्न व्यक्तिले पनि कोषमा रकम जम्माको घोषणा गर्नुभएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिले पनि कोषमा सहयोग दिने क्रम जारी छ । अहिलेको सङ्कट कोषबाटै पनि व्यवस्थापन गर्न सक्छौँ । अत्यावश्यक वस्तुको किन्ने प्रक्रिया पनि सुरु भइसकेको छ ।

सङ्कटका बेला उद्योगी व्यवसायीले दायित्व पूरा नगर्ने तर सरकारस“ग बार्गेनिङ गर्ने चलन थियो । उद्योगी व्यवसायीको अवस्था के बुझ्नुभएको छ ?

उद्योगी व्यवसायीसँगको छलफलमा मैले अहिले तपाईँहरूले माग्ने बेला होइन दिने बेला हो भनेर स्पष्टसँग भनेको छु । यतिबेला तपाईं राज्यसँग नमाग्नुस्, त्याग गर्नुहोस् भने । अहिले उहाँहरूको माग्ने कुरा छैन । कोरोनाको विरुद्ध कसरी लड्ने भन्नेमै उहाँहरू पनि हुनुहुन्छ । भोलिका दिनमा उद्योग व्यवसायीलाई के गर्न सकिन्छ भनेर कोरोनाको त्रास हटेपछि बल्ल सोच्ने अवस्था आउँछ ।

लकडाउनको समयमा जनताको चुल्हो बलेन भने सरकारले कसरी ‘डेलिभरी’ दिन्छ ?

जसको घरमा दैनिक अत्यावश्यक वस्तुको अभाव छ, उसले नजिकको प्रहरी विटमा खबर गर्न सक्छ, अथवा सरकारले सञ्चालनमा ल्याएको टोलफ्री नम्बर ११३७ मा फोन गर्न सक्छ । हामीले ठूला सुपरमार्केटलाई पनि भनेका छौँ । त्यस्तै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनको ‘मोबाइल’ पसल सञ्चालनमा ल्याउँछौँ । माहामारी फैलिएको अवस्थामा घर–घरमा खाद्यान्न पु¥याउनु राज्यको दायित्व हो । राज्यले आफ्नो क्षमतालाई पूर्ण प्रयोग गरेर जान्छ । त्यसमा विश्वस्त हुन आग्रह गर्दछु ।

जनतामा तपाईंको अपिल के छ ?

चीनमा कोरोनाको प्रकोप आउनेबित्तिकै त्यसले नेपालमा पार्नसक्ने सम्भावित चुनौतिका बारेमा मैले छलफल गर्दै आएको छु । आपूर्तिसम्बन्धी जानकारी मिडियामार्फत जनतालाई दिइँदै आइएको छ । जनताको सहयोगबिना राज्यले केही पनि गर्न सक्दैन । यसको स्रोत, साधान, क्षमता जति छ त्यति मात्र प्रयोग गर्ने हो । अहिले कोरोनासँग लड्ने भनेको आम जनता एक ठाउँमा हुने र नेपाल सरकारले गरेका निर्णयलाई अक्षरशः पालना गर्ने हो ।
विशेषगरी घरभित्र बस्ने नै महत्वपूर्ण हो । यो नियमलाई सबैले पालना गर्र्दिएको अवस्थामा असहज अवस्था सहजतामा परिणत हुन्छ । आम नेपाली जनतासँग मेरो अपिल यही हो । हामी एक–अर्कालाई सहयोग गरौँ, सहयोगी हातहरू अघि बढाऔँ र घरमा छैन भने जोसँग छ उसले छिमेकीलाई सहयोग गरौँ । अभावको भएको खण्डमा सरकारलाई जानकारी गराउनुहोस्, सरकार त्यहाँ आइपुग्छ । दुःख पर्दा एक–अर्कालाई सहयोग गर्ने नेपालको पूरानो संस्कृतिलाई बचाऔँ । अहिले कोही पनि भोको नहोस्, जोसँग छ त्यसले बाडिचुडी खाऔँ ।

अन्त्यमा तपाईंले आम जनतालाई भन्नुपर्छ केही छ ?

दैनिक उपभोग्यका साथै अत्यावश्यकीय वस्तुको कुनै पनि अभाव नहोस् भन्नेमा हामी लागिरहेका छौँ । छिमेकी मुलुकसँग समन्वय आपूर्तिलाई सहजीकरण गरिएको छ । भारतका तर्फबाट आयातमा कुनै समस्या छैन । अन्य मुलुकको दाँजोमा राखेर नेपालमा निर्यात प्रतिबन्ध लगाउन हुँदैन भनेर भारतसँग कूटनीतिक संवाद भइरहेको छ । चिनियाँ पक्षबाट पनि सहयोगको प्रतिबद्धता व्यक्त भएको छ । खाद्यवस्तुको अनावश्यक सञ्चिती नगरौँ । कालोबजारी हुन नदिऔँ र सबैका सहयोगी हातले सबै चुनौतीको व्यवस्थापन र सामना गर्न सक्छौँ । सरकारलाई सहयोग गरौँ । आमनेपाली जनता पक्षविपक्ष नभनी एक ठाउँमा उभिनु नै महत्पूर्ण पक्ष र कोरोनाका विरुद्ध विजय हासिल गर्ने लक्षण हो । (राससं)

प्रतिकृया दिनुहोस


Techie