‘पर्यटकका लागि उपयुक्त गन्तव्यको विकास नै भएको छैन’

डा. धनञ्जय रेग्मी प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड

‘पर्यटकका लागि उपयुक्त गन्तव्यको विकास नै भएको छैन’

काठमाण्डौँ,फागुन १८

नेपालमा घुमफिरको लागि आउने पयर्टकहरूको बसाइ अहिले सरदर एक हप्ता मात्र हुनेगरेको छ । तर, अहिले बोलीचालीको भाषामा भन्नुपर्दा यसमा उनीहरूको बसाइलाई करिब दुई हप्ताको भन्ने गरिएको छ । तर, पर्यटकहरूको लागि नेपालमा त्यति लामो समय घुमफिर गर्ने पर्यटकीय स्थल र गन्तव्यको विकास हुन सकिरहेको छैन । यो वास्तविकतालाई स्वीकार गर्छन् नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी । ‘यसअघि जति गफ गरिएको भए पनि पर्यटकहरूको लागि नयाँ गन्तव्यको विकास गर्न सकिएको थिएन र छैन पनि । पर्यटनको क्षेत्रमा अब नयाँ किसिमको कन्सेप्टको विकास गरेर अगाडि बढनुको विकल्प छैन’, उनी भन्छन् । ‘नत्र हिजो नेपाल आएर फर्केका पयर्टकहरू किन दोहोराएर उनीहरू भ्रमणमा आउँछन् र कुन नयाँ गन्तव्यमा जाने भनेर नेपाल आउने ?’ रेग्मीको प्रश्न छ । अब हामीले नयाँ योजना, जाँगर जोश र भिजनका साथ पर्यटन क्षेत्रलाई अगाडि बढाउन ढिला गर्नुहँुदैन उनको भनाइ छ । खासगरी अहिलेसम्म नेपालमा आउने पर्यटकहरू टे«किङमा जानेहरूबाहेक काठमाडौँ, पोखरा चितवन र लुम्बिनी भ्रमण गरेर मात्र फर्कने गरेका छन् । अब हाम्रो लक्ष्य भनेको उनीहरूको भ्रमणलाई हिल्स, हिमालय र तराईका क्षेत्रतर्फ अग्रसर गराउनै पर्छ । विश्वमा धेरै मुलुकहरूमा कि त धेरै जाडो छ, कित बढी गर्मी । त्यस्तो समयमा हामीले उनीहरूलाई नेपालमा ल्याएर घुमाउन सक्यौँ र त्यो म्याजेस अन्तर्राष्ट्रिय जगतमा पु¥याउन सकेको खण्डमा पर्यटकहरूको ओइरो लाग्न सक्छ । अबको हाम्रो योजना त्यतातिर केन्द्रित गर्ने उनको योजना रहेको छ । हिमाली भू–वैज्ञानिक र हिम नदि विज्ञसमेत रहेका रेग्मीले नेपालको हिमाल, हिमताल, हिमनदि र हिमाली क्षेत्रको बारेमा थुप्रै अध्ययन र
अनुसन्धान पनि गरेका छन् । नेपालमा पर्यटनको सम्भावना र आगामी रणनीति बारेमा केन्द्रित रहेर सीईओ रेग्मीसँग आर्थिक दैनिकका लागि रामहरी चौंलागाईंले गरेको कुराकानी :

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख भएर आउनुभएको एक महिना मात्र भएको छ । तपाईंका आगामी योजनाहरू के–के छन् ?

पर्यटन क्षेत्रको लागि मुख्य तीनवटा पूर्वाधारका विषयलाई मैले प्रमुखरूपमा जोड दिएको छु । नेपालमा आजसम्म चारवटा प्रमुख पर्यटकीय गन्तव्यहरूलाई मात्र हेरिँदै आइएको छ । पहिलो काठमाडौँ, दोस्रो पोखरा, तेस्रो चितवन र चौथोमा लुम्बिनीलाई मात्र लिने गरिएको छ । लुम्बिनीमा एक रातभन्दा बढी पर्यटकलाई आजसम्म बसाउन सकिएको छैन । पोखरामा दुई रात वा तीन रातभन्दा बढी उनीहरूलाई बसाउन सकिएको छैन । त्यसैगरी चितवनमा पनि डेढ दिनभन्दा बढी बसाइ हँुदैन । काठमाडौँमा भने तीन÷चार दिनको घुमघाम हुन्छ । ट्रेकिङ र ¥याफ्टिङका लागि आएका पर्यटकहरूको भने बसाइको अवधि केही समय बढी रहेको छ । यसरी दिनको हिसाबले भन्नुपर्दा नेपालमा आउने पर्यटकहरूको बसाइ अवधि सरदर एकदेखि डेढ हप्ताको मात्र हुनेगरेको देखिन्छ । तर, यसलाई नै बढाएर करिब दुई हप्ताको भनिँदै आइएको छ । वास्तविक हिसाबले हेर्दा पर्यटकहरूको नेपाल बसाइ निकै कम हो ।

पर्यटकहरूको नेपाल बसाइ अवधि लम्ब्याउन के गर्नुपर्ला ?

अब मेरो योजना पर्यटकहरूको नेपाल बसाइ लम्ब्याउनको लागि पहल गर्नेछ । मानिस किन नयाँ ठाँउमा गएर बस्न खोज्दछ त ? त्यसका लागि त नयाँ–नयाँ पोर्टल र गन्तव्यहरूको विकास गर्न जरुरी छ । त्यसपछि मात्र उनीहरूको बसाइ लम्ब्याउन सकिन्छ । होइन भने पहिला र अहिलेमा के फरक भयो र ? हिजोको भन्दा आजका दिनमा ती पर्यटकीय गन्तव्यहरूमा केही परिवर्तन छ कि छैन भनेर पुनः नेपालमा आउने पर्यटकहरूले प्रश्न गर्छन् । परिवर्तन नभएको थाहा पाएपछि भैहाल्यो त्यता नजाऊँ भनेर पुनः दोहो¥याएर जान खोज्दैनन् र निर्णय बदल्छन् । त्यसकारण पनि सम्भावित र भइरहेका ठाउँहरूलाई केही न केही रूपमा परिमार्जन गरेर भए पनि उनीहरूलाई प्रेरित गर्न आवश्यक छ ।संघीय राजधानी काठमाडौँलाई नै उदाहरणको रूपमा लिएर कुरा गरौँन । एकै दिन बिहानदेखि बेलुकीसम्म मज्जाले विनाट्राफिकजाम घुम्न पाइयो भने प्राय सबै ठाउँमा सजिलै पुग्न सकिन्छ । यदि ट्राफिक जाम नहुने हो भने त भक्तपुर पनि सोही दिनमै नै घुमफिर गर्न सकिने अवस्था छ । अलिकति पर्यटकको लागि अहिले नगरकोटले केही भरथेग गरेको छ । जसको परिणाम एक रात उनीहरू नगरकोटमा बसेर त्यहाँबाट माउन्टेन भ्युको अवलोकन गर्नसक्छन् र तस्बिरहरू खिच्नको लागि समय खर्चने गरेका छन् । त्यसबाहेक खोइ त उनीहरूलाई घुमाउने र घुम्ने ठाउँ नयाँ गन्तव्य ? वर्षौंदेखि हामी कुरा मात्र गरिरहेका छौँ, तर खोइ त पर्यटकीय गन्तव्यको विकास गर्न सकेको ? कुरा मात्र गरेर भएन । काम पनि गरेर देखाउने समय आएको छ अबको मेरो ध्यान यतातिर केन्द्रित हुनेछ ।

आगामी योजना ?

खाना खाएर अघाइसकेको मानिसलाई थप खानको लागि प्ररित गर्न त नयाँ स्वाद वा परिकार नै तयार गर्नुप¥यो नि । अनि मात्र उनीहरूलाई त्यो चिज पनि चाखौँजस्तो लाग्छ । त्यो भनेको हामी नेपालीहरूको लागि पहिलो खीर हो भने त्यसपछि लालमोहन, रसवरी अनि जेरी दही भएजस्तै विदेशीहरूलाई पनि नयाँ स्वादको लागि नयाँ गन्तव्य खोजेर विकास गर्न सक्नुपर्छ । त्यसपछि उनीहरूको नेपालप्रतिको आकर्षण बढ्न सक्छ । त्यसका लागि अब हामीले पनि हिजोको पुराना कुरालाई मात्र देखाएर पुग्दैन । जसको लागि हिजोको भन्दा केही न केही राम्रा र फरक कुराको विकास गर्न आवश्यक छ । अब हामी माउन्टेन हिलतर्फ अग्रसर हुनैपर्छ । वर्तमान सन्दर्भमा भन्नुपर्दा हामीसँग पर्यटकका लागि खासै उपयुक्त गन्तव्यको विकास नै भएको छैन । मैले माथि पनि भनिसकेँ राजधानीबाहिरका पोखरा, लुम्बिनी, चितवनको सौराहा, मुक्तिनाथले मात्र अब पुग्दैन । काठमाडौँमा भर्खरै बनेको चन्द्रागिरीका कारण एक आधा दिन उनीहरूहरू थप बस्नसक्ने अवस्था सिर्जना भएको छ । त्यो पनि सवारी जामका कारण भएको हो । यदि त्यस्तो नहुने थियोे भने बिहान गएर दिनभरि अवलोकन गरेर सजिलै बेलुकी फर्कन सकिने अवस्था छ ।

कुन क्षेत्रलाई बढी फोकस गरेर अगाडि बढ्ने योजना बनाउँदै हुनुहुन्छ ?

अब हामीले हिमाल, हिमाल आरोहण, हिमताल, हिमनदि, हिमाली क्षेत्रलाई बढी फोकस गर्दै अगाडि गर्नुपर्छ । जस्तो युरोपियन मुलुकहरूमा लामो समयसम्म हिउँ पर्छ र त्यो समयमा त्यहाँको जनजीवन अस्तव्यस्त हुन्छ । त्यस्तो मौसमलाई नेपालले मध्यनजर गर्दै हामीले उनीहरूलाई नेपालमा ल्याउन सकेकको खण्डमा लाभ लिन सकिन्छ । हाम्रो हिमाली भू–भागमा दिनभरि घाम लाग्ने र वातावरण पनि सफा हने भएकोले उनीहरूलाई भ्रमणको लागि प्रेरित गर्न सक्नुपर्छ । तराईका जिल्लाहरूमा जाडोमा बाक्लो हुस्सु लागेर वातारवरण परिवर्तन हुदाँ त्यो समयमा हिमालमा मज्जाले घाम लागिरहेको हुन्छ । तराईमा पानी पर्दा जलमग्न हुन्छ । तर, पहाडमा न त पानी जम्छ, न त हिउँ नै पर्छ । त्यसकारण अब हाम्रो ध्यान हिल स्टेसनलाई विकास गरेर त्यसतर्फ पर्यटकलाई आर्कषित गर्न सकिन्छ । तराईका ठाउँहरूमा क्यासिनो, होटल खोल्ने तर त्यहाँ नेपालीलाई इन्ट्री नदिने । ती ठाउँहरूमा खासगरी छिमेकी मुलुकका पनि बोर्डरनजिकका पर्यटकहरूलाई फोकस गर्ने मेरो योजना छ । हाम्रो नेपालको जम्मा जनसंख्या तीन करोड त हो । हाम्रो बोर्डरसँग जोडिएका सीमा क्षेत्रका जनसंख्या २४ करोडभन्दा बढी रहेको छ । अहिले नेपालमा आएका पर्यटकको सालाखाला संख्या भनेको वार्षिक सरदर १० लाख त हो । २४ करोडको एक प्रतिशत मात्र तान्न सक्यौँ भने हाम्रो भिजिट नेपाल २०२० को लक्ष्य भनेको २० लाख हो, अनि पुगेन त ? हाम्रो लक्ष्यभन्दा पनि त्यो संख्या बढी हुनेछ । हामीले अहिले त्यस्ता किसिमका योजना नै अगाडि सार्न सकिरहेका छैनौँ ।
अहिलेसम्म छिमेकी मुलुक भारतको ट्रेन के हो भने ‘मर्नेसे पहिले एकबार पशुपति चलो’ भन्ने नै रहिआएको थियो । पशुपतिबाट हामीले मुक्तिनाथलाई जोड दियौँ । त्यसैगरी कैलास मानसरोवरलाई पनि अगाडि बढायौँ । अहिलेसम्मको टे«न हेर्ने हो भने यही पशुपति, मुक्तिनाथ, कैलास मानसरोवरलाई जोड दिइरहेका छौँ । जानकीधामलाई विकास गर्न सकिएको छैन । यसैगरी पोखरालाई पनि धार्मिक पर्यटनको रूपमा मात्र जोडियो । भारतको धेरैजसो पाठ्यक्रममा श्रवणकुमारको कथा पढाइन्छ । श्रवनकुमार रामायणसँग सम्बन्धित छ । हो, यी सबै कथाको गन्तव्य स्थान भनेको नेपाल हो । तर, त्यो धार्मिक कथालाई स्टोरी बनाएर उनीहरूलाई नेपालमा घुमाउने वातावरण बनाउन सकिएको छैन । मेरो अब ती कथामा उल्लेख भएका स्थानहरूलाई विकास गरेर उनीहरूलाई नेपालप्रतिको आकर्षण बढाउनुपर्छ भन्ने सोचाइ छ । यसो गर्न सकेको खण्डमा धार्मिक पर्यटकलाई पोखरामा २ दिन र अन्य स्थानहरूमा अझ बढी बसाउन सकिन्छ ।
यसैगरी सुदुरपश्चिमतिर मिसन सैपाल अभियान पनि साथीहरूले चलाएका रहेछन् । ती ठाउँमा छुट्टै किसिमका टापुहरू छन् । ती टापुहरूलाई विकास गर्न सकियो भने पनि उनीहरूलाई थप आकर्षित गर्न सकिन्छ । हो, त्यस्ता ठाउँहरूको विकासमा गर्न अब हामीले किन ध्यान नदिने ? सगरमाथातिर पनि धेरै भीडभाड छ भन्ने रिर्पोट बाहिर आइरहेका छन् । सगरमाथाको सट्टा त्यतातिर ध्यान दिन सकियो भने धेरैभन्दा धेरै पर्यटकहरू तान्न सकिन्छ । तलतिर बर्दिया पर्छ, त्यसैगरी शुक्लाफाँटा त्यहीँ छ  । यसैगरी खप्तड, कर्णाली नदि पनि छ । यसैगरी भेरी नदि पनि यतैतिर रहेको छ । यी ठाउँलाई सदुपयोग गरेर ¥याफ्टिङ, फिसिङ, गर्नेगरी विकास गर्न सकियो भने त्यसबाट निकै लाभ लिन सकिन्छ । त्यहीमाथि रारा ताल, से फोक्सुण्डोलगायत महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू रहेका छन् । ती ठाउँहरूलाई हामीले कहिले विकास गर्ने त ? यतातिर हाम्रोे ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छु । भैरहवाको एयरपोर्ट सुचारु हुनासाथ त्यसवरपरको हाइवे रोडको महत्व कति होला । त्यो हाइवे त सुपर छ नि । हो ती हाइवेबाट बर्दिया नेपालगञ्ज सुर्खेत हँुदै कर्णलीसम्मको यात्रा गराउन सकियो भने त पर्यटकको बसाइ लम्ब्याउन सकियो । ती ठाउँहरूको विकासतर्फ अब हाम्रो ध्यान केन्द्रित हुनुप¥यो । मेरो जोड भनेको भइरहेको ठाउँलाई थप विकास, यात्रामा सेफ्टी, पोर्टरहरूको सेवा सुविधा बढाउने, हिल स्टेशनको विकास गर्ने र तल आएर तराई क्षेत्रलाई पनि विकास गरेर छिमेकी मुलुकका पर्यटकलाई भित्र्याउन सकियो भने त्यसबाट पनि लाभ लिन सकिन्छ भन्नेमा हो ।
मैले माथि पनि भने जाडो याममा दिल्लीमा तुवाँलो लागेर वातावरण बिग्रिएको समयमा नेपालमा घुम्नको लागि ‘स्वस्थ वातावरण चलो नेपाल’ भनेर अभियान चलाएर उनीहरूलाई नेपालमा ल्याउन सकियो भने पनि धेरै लाभ लिन सकिन्छ । केटाकेटीहरूसहित त्यहाँका केही मध्यवर्गका मानिसहरू पनि निस्सासिएर मर्नुभन्दा नेपालमा घुम्न जाऊँ भनेर घुम्न आउन सक्छन् । त्यसको लागि वातावरण बनाउने, घुम्न आउनको लागि पे्ररित गर्न सकियो भने पनि नेपालको पर्यटन क्षेत्रको मज्जाले विकास हुनसक्छ । नेपाललाई यस्ता किसिमका अवसर नै अवसर छन् । वातावरण बनाउन मात्र नसकिएको हो । अवसरको सदुपयोग गर्नुपर्छ भन्ने ध्याउन्नका साथ काम गर्ने सोचाइ मैले पनि बनाइरहेको छु ।
हामीलाई प्रकृतिले जुन उपहार र बरदान दिएको छ, त्यसको महत्व नै आजसम्म हामीले बुझ्न सकिरहेका छैनौँ र त्यसको मार्केटिङ गर्न पनि हामीले जानेका छैनौँ । अब हामीले ती ठाउँको विकास गरेर बजारीकरण गर्नुपर्छ । युरोपियन मुलुकका पर्यटकहरूलाई नेपालमा ल्याउनको लागि यसतर्फ आकर्षित गर्नुप¥यो । साथै निजी क्षेत्रलाई पनि पर्यटन क्षेत्रको महत्वको बारेमा जानकारी गराएर सहकार्यका साथ अगाडि बढाउन प्रेरित गर्नुप¥यो । त्यसैगरी प्रदेश सरकार र स्थानीय सरकारलाई पनि साथमा लिएर केन्द्रीय सरकारको बजेटमार्फत यी र यस्ता सम्भावित ठाउँको विकास गर्नुपर्छ भन्ने मेरो योजना र मान्यता रहेको छ । यी र यस्ता विषयलाई मैले प्राथमिकतामा राखेको छु । त्यसो गर्न सकिएको खण्डमा नेपालको पयर्टनलाई आमुल परिवर्तन गराउन सकिन्छ र यो क्षेत्रले फड्को पनि मार्न सक्छ ।
यी सम्भावित काम र योजना पूरा गर्नको थप के–के गर्न आवश्यक देख्नुभएको छ ?
यी कामको लागि तराई, पहाड र हिमाललाई छुट्टाछुट्टै योजना बनाएर काम अगाडि बढाउनुपर्छ । त्यसका लागि तीन किसिमको रणनीति तयार गरेको छु । त्यहाँ अहिले जे–जस्तो संरचना बनेको छ, त्यसलाई जोगाउँदै थप विकसित गरेर अगाडि बढ्नुपर्छ । जस्तो पर्यटकको सुरक्षामा हामीले जोड दिनैपर्छ । घुम्न आएको मानिस मर्नु हँुदैन । जस्तो केही महिनाअगाडि घुम्न आएका भारतीय पर्यटकहरूको दामनमा दुःखद निधन भयो । त्यो नहुनु पर्ने घटना हो । यस्ता विषयमा पनि हामी चनाखो हुनुपर्छ ।
हिल स्टेशन र तराईमा ठूल–ठूला पानीका पोखरीहरू बनाउनुपर्छ । तराईमा प्रशस्त पानी पनि छ । त्यहाँ पानीसँग सम्बन्धित गतिविधिलाई जोड दिए भइहाल्यो । आर्थिक आयआर्जन हुने खालका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन पोखरी, फिस फर्मिङ पनि गर्न सकियो । त्यहाँ ठूल–ठूला पोखरीहरूको विकास गरेर माछापालन गर्ने र पर्यटकलाई फिसिङ गराउन सकियो भने त्यसको लाभ हामी नेपालीहरूलाई नै हुने हो । मन्दिरसँग जोडेर पनि धार्मिक पर्यटनलाई आकर्षित गर्न सकिन्छ । जनकपुरमा राम र सीताको मन्दिरसँग जोडेर ठूलो हनुमानको मूर्ति बनाइयो भने पनि त्यहाँ पर्यटकको आकर्षण बढ्न सक्छ । सीताका भक्त भनेका हनुमान, रामका भक्त लक्ष्मण, लवकुशले शिक्षा लिएको स्थानलाई जोडेर पनि धेरै कुरा गर्न सकिने भयो । यी र यस्ता संरचना बनाउनको लागि राज्यले पनि लगानी गर्न आवश्यक छ ।
म यहाँ बसेर गुरुयोजना बनाउने र मुख्यगरी केन्द्रीय, प्रदेश र स्थानीय सरकारलाई भिजन दिने गरी नयाँ योजनाका साथ काम गरिरहेको छु । आफूले सक्ने योजना र काम सकेसम्म बोर्ड आफैँले सुरुवात गर्ने र समन्वयका साथ ओभरहल डेभलमेन्टमा फोकस गर्नेगरी तयारी अगाडि बढाएको छु । गुरुयोजना र संरचना बनाएर मात्र पुग्दैन । यसलाई कार्यान्वयन तहमा पु¥याउनै पर्छ । विदेशी पर्यटकलाई घुमाउनको लागि पनि पहल गर्नुप¥यो, त्यसका लागि अहिले भएका पोर्टलहरूलाई पनि बेच्दै जाने र नयाँ आउनेहरूलाई पनि यी–यी नयाँ कुरा विकसित भइरहेका छन् भन्दै धेरै भन्दा धेरै प्रमोशन गर्ने रहेको छ । त्यसबाहेका बोर्डको प्रशासन सधार गर्नुपर्नेछ, त्यो भनेको सामान्य कुरा हुन् । ती काम गर्दै जाँदा मिल्दै जान्छन् । मैलै एउटा क्षेत्र र प्रदेशलाई मात्र हेरेर हैन कि विश्व परिवेशलाई मध्यनजर गर्दै ताप्लेजुङदेखि दार्चुलासम्मको नपालको भू–भागलाई एकै ठानेर पर्यटन क्षेत्रको कामलाई अगाडि बढाउने सोच
राखेको छु ।(आर्थिक दैनिक बाट)

 

प्रतिकृया दिनुहोस


Techie