झल्लाहरू

झल्लाहरू

रल्लौ,

नापा बोल

भौती गर

अरूकन आम्मो ठेगाना भुन्ने

हैसियत त बनाउदौ ।

 

साका हलो माग्ने बेला,

मुन्त्रीको राजिनामा माग्दा

आलू पोल्ले बेला,

पुत्ला पोलेउ भन्दा

तुम्मी जियाले आँखा

आँशुसाथ मघा रोटा

खायाबेला ,

राहतको किन दिऔ भन्नाछौ ?

आम्मो हैसियत त बनाउदौ ।

 

बरू

बारीमा मघा लाउ

खोल्साउदो चिनु लाउ

डाँडा गडा कोदो लाउ

कागुनु पनि फलाउ

काँहीकाँही

पेट र परिबार पाल्न

सिक्दौके

समयको बर्बाद किन गद्दाछौ ?

 

सुगुरकन सरग देखाया पै

नपाउने कन केलो दिया पै

यैथै हुदो छ ।

ट्यापौ हैसियत बुनाउ पैला ।।

प्रतिकृया दिनुहोस


Techie