जननीलाई हार्दिक नमन

जननीलाई  हार्दिक नमन

काठमाडौं,बैशाख ११

देसको नियम कानुन जे भए

पनि

छोरी छ भन्दा भ्रुणहत्या

गर्नेको छैन कमि

त्यै छोरी भोलि आमा हुने त

हो नि

छोरी मार्नेले आमालाई किन

सम्मान नि ?

कसैले के जन्मियो भन्दा

छोरी भनी मुख बिगार्ने

फलानाको त छोरी छोरी

मात्रै छ भन्दै खेदो खन्ने

छोरीले यो गर्न हुने त्यो गर्न

नहुने भनेर,

बन्धनका बार त कति हुन

कति

बुवा,दाजुभाइ,श्रीमान र

समाजको सबैथोक सहेर

आमा बन्दा,

नबुझ्ने नौ महिना कोखमा

राख्दाको पीडा

न त प्रश्रव पीडा नै

आमाले सन्तानको लागि

गरेको

दुख र त्यागको त शब्द नै

छैन

केही काम बिग्रीदा सबै

खनिने आमा कै टाउकोमा

जब सन्तति हुर्किन्छ कनि

ठुलो हुन्छ

तब उसले कुशेऔशीको

दिन सम्झिन्छ आमालाई

त्यो पनि सबैका फेसबुकका

भित्तामा आमाका फोटो

देख्दा

अनि दर्साउछ आमालाई

माया

साच्चै आमाप्रती माया हुने

भए

वृद्धाश्रम नै बन्ने थिएन होला

सबैले थुक्क नालायक

सन्तती

भन्दै भन्ने थिएनन् होला!!!

जसले जे भने पनि अश्रुधारा

बगाउदै

सबैथोक सहने ती महान

जननीलाई

हार्दिक नमन!!!

 

प्रतिकृया दिनुहोस


Techie