‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक

‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक

काठमाण्डौं,चैत २६
नेपाली गीत सङ्गीतमा नयाँ आयाम थप्ने दृढ सङ्कल्पका साथ अघि बढिरहेका सङ्गीतकर्मी लाबोनी र प्रमोद प्रसाई लाबोनीप्रमोदुले एउटा विल्कुलै नयाँ गीत सार्वजनिक गरेका छन् । लाबोनी चक्रवर्ती प्रसाईको आवाजमा रहेको यो जिन्दगीु बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

अहिले विश्व कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले आक्रान्त बनेको छ । सिङ्गो मानवजातिको अस्तित्वलाई नै खतरामा पार्नेगरी देखिएको यो भाइरसविरुद्ध अहिले संसार लडिरहेको छ । लकडाउनले गर्दा संसार ठप्प छ । मान्छेलाई हरेक पल बिताउन र बाँच्न अप्ठ्यारो परिरहेको सन्दर्भमा यही भाव बोकेको गीत हो, । यो जिन्दगी अप्ठ्यारोमै बित्ने हो कि , नथामिँदै आँसुहरू सास त्यसै टुट्ने हो कि  ।

पछिल्लो समयमा बढी मसालेदार र तडकभडकवाला गीतले बजार तताइरहेको समयमा यो विल्कुलै मानव जीवन, भोगाइ, बाध्यता र विवशतालाई समेटेर तयार गरिएको अत्यन्तै मर्मस्पर्शी गीत हो । व्यापारभन्दा पनि गीतको अमरतालाई बढी महत्व दिई सिर्जना गरिएको यस गीतको आयु भने अब कलाकारले स्रोताको हातमा सुम्पेका छन् । शब्दलाई सङ्गीत र सङ्गीतलाई संयोजन अनि स्वरले उत्तिकै न्याय दिएका गीत प्राय कमै पाइन्छन् तर यो गीतमा सबैको मिहेनत उत्तिकै पाउन सकिन्छ ।

अहिलेको मान्छे तनाव, शोक र पीडामा गुज्रिरहेको छ । हृदयमा घाउ अनि मुटुभरि चोटको भारी बोकेर बाँच्न बाध्य छ । अभाव र गरिबीले गर्दा आजका सपना सधैंभरि दुख्ने गरेको भाव व्यक्त गरी यो जिन्दगी झिरैझिरमा उनिएर दुख्ने हो कि १ भन्ने भाव गीतको पहिलो अन्तराले अत्यन्त मार्मिक ढङ्गले समेटेको छ ।

दुस्ख पीरले भरिएको जिन्दगी कतै पनि सङ्गतिपूर्ण छैन । विसङ्गतिले जकडिएको हाम्रो जीवन बिहानैदेखि छटपटी र आँसुबाट सुरु भई दिनभर अँन्ध्यारैअँध्यारोमा बित्छ । अप्ठ्यारो परिस्थितिमा रातले झन डस्ने र पोल्ने गर्छ । रातभर सपनाहरू आँसु बनी सिरानीमा झर्ने गर्छन् । गीतमा जिन्दगीलाई विनाझरी असिनाले चुट्ने हो कि १ भन्दै नथामिदै आँसुहरू सासले बाटो फेर्ने हो कि भनी अधुरा सपनाको भारी बोकेर दुःखदायी अन्त्य पो हुने हो कि भनी जीवनदेखि असन्तुष्टि तथा निराशाको भाव गीतको दोस्रो अन्तरामा व्यक्त गरिको छ ।

लामो समयदेखि सङ्गीत साधनामा लागेका कलाकारद्वय लाबोनीप्रमोदको साधना र प्रतीक्षाको नतिजा यो गीतमा प्रस्ट झल्किएको देखिन्छ । तेजेन्द्र काफ्लेले लेखेको यस गीतमा सङ्गीत भर्ने काम लाबोनीप्रमोदले गरेका छन् भने सङ्गीत संयोजन सचिन सिंहको रहेको छ । गीत लाबोनीप्रमोदु युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् ।

https://youtu.be/CBWXjlilPD4

 

प्रतिकृया दिनुहोस


Techie