“जान देउ मलाई” बोलको म्यूजिक भिडियो सर्वाजनिक

गीत संगीत

“जान देउ मलाई” बोलको म्यूजिक भिडियो सर्वाजनिक

 उदियमान युवा गायक जोभिट भट्टको मेलोडी एकल गीतको म्यूजिक भिडियो बजारमा आएको छ । माया प्रेममा ओत पोत भएको उक्त गीतको रचना तथा संगीत गायक भट्टकै रहेको छ ।

जाँदै छु तिमीबाट धेरै टाढा,
नभन फेरी मलाई माया गर्दैन भनेर,
जान देउ मलाई आफ्नै बाटो,
कसैको नी डर छैन ,
जिन्दगी चलिरहन्छ चल्न देउ......,

प्रेममा बियोगान्तकको पीरलाई मनन गरी एक्लो पनको आभासमा हराउँन चाँहने यी गायक वस्तविक जीवनमा के कस्ता छन, तर पनि शब्दहरुले भने यस्तै यस्तै आभास गराउँछ ।

धेरै स्टेज प्रोग्राममा आफ्नो कुसल गायिकी देखाई सकेका गायक जोभिटको यो पहिलो म्यूजिक भिडियो हो । तर पनि उनको यो गीत निकै खारिएकाृे जस्तो श्रोता, दर्शकले महसुस गरेको पाईएको छ ।

शब्द, संगीत र दृश्य संयोजनको राम्रो मिश्रण भएको यो म्यूजिक भिडियोमा गायक स्वयम्ले कुशल अभिनय पनि गरेका छन ।
“मेलोडी गीत मात्रै होइन अवसर पाए जस्तै सुकै पनि गीत गाउँन सक्छु भन्ने मलाई पूर्ण विश्वास छ ।” आफ्नो गला प्रति उनि बताउँछन ।

हेर्नु होला म्यूजिक भिडियो :

प्रतिकृया दिनुहोस


Techie