दुवै मृगौला फेल सम्झनाको सहयोगार्थ सांस्कृतिक अभियान

दुवै मृगौला फेल सम्झनाको सहयोगार्थ सांस्कृतिक अभियान

वुटवल, पुस १३
दुवै मृगौला फेल भएर जीवन र मरणको दोसाँधमा छटपटिइरहेकी रूपन्देही सैनामैना –३ की सम्झना विष्टको जीवन बचाउनका लागि वुटवलका विभिन्न ठाउँमा सांस्कृतिक अभियान सुरु गरिएको छ । सो सहयोग कार्यक्रमका लागि गायक तथा सञ्चारकर्मी राजकुमार रायमाझीको संयोजकोत्वमा सांस्कृतिक कार्यक्रमको सुरुवात गरिएको छ । अहिले डाक्टरको सल्लाहअनुसार पीडित सम्झना भारतमा उपचार गराइरहेकी छिन् । उनको तत्काल मृगौला फेर्नु पर्ने डाक्टरको सल्लाह र त्यसको लागि परिवारको आर्थिक अभावका कारण सो अभियानको सुरुवात गर्नुपरेको कार्यक्रम संयोजक रायमाझीले जानकारी दिए ।

कार्यक्रम यही पुष ११ गतेदेखि १६ गतेसम्म सैनामैना नगरपालिकाका विभिन्न ठाउँमा गरिने र त्यसबाट उठेको रकम कार्यक्रमको खर्च कटाएर पीडितलाई हस्तान्तरण गरिने जानकारी आयोजकले दिएको छ । पीडितलाई सहयोग गर्न कसैले चाहेमा निजको बुबाको नाममा रहेका नेपाल बैंकको खाता नम्बर ०६११०१००३६२२७५० मा जम्मा गर्न सकिने जानकारी परिवार स्रोतले दिएको छ । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस


Techie