लोकप्रिय गीतकार बी. पाण्डेको नयाँ गीत सार्वजनिक

लोकप्रिय गीतकार बी. पाण्डेको नयाँ गीत सार्वजनिक

काठमाडौं, कात्तिक १
चर्चित गायक प्रमोद खरेलका स्वर रहेको लोकप्रिय गीतकार बी. पाण्डेको नयाँ गीत 'पहिले दिल' गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । यस गितमा ऋषि खड्काको संगित रहेको छ । बी. पाण्डेका रचनामा सार्वजनिक भएका गीतहरु लोकप्रिय रहेका छन् । शंका नगर, बन्की चरि जस्ता सयौंका चर्चित गीतका रचनाकार पाण्डे विभिन्न अवार्डबाट सम्मानित भएका छन् । उनले गीतकार विधामा असोजमा मात्रै दोस्रो सगरमाथा म्युजिक अवार्ड र नेशनल राप्ती म्युजिक अवार्ड जित्न सफल भएका छन । कमल सौरागको एरेन्ज रहेको गितलाई म्युजिक प्लसले बजारमा ल्याएको हो ।

प्रतिकृया दिनुहोस