६३ प्रतिशत बढीले अनलाइन अध्ययन गर्ने

नयाँ दिल्ली, जेठ ७
लिंक्डइन नामको एक सामाजिक सञ्जालले हालै गरेको एक अध्ययनले ६३ प्रतिशतभन्दा बढी भारतीयहरुले आगामी दिनमा इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने (अनलाइन लर्निङ) गर्ने जनाएको छ । उक्त संस्थाले हालै गरेको एक अध्ययनमा यस्तो देखिएको बताइएको छ । मंगलबार सो संस्थाले उक्त अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो । भारतमा शिक्षालगायतका विभिन्न व्यावसायिक क्षेत्रका व्यक्तिहरुमा गरेको उक्त सर्वेक्षणले यो अवस्था देखाएको उक्त संस्थाले जनाएको छ । यस सर्वेक्षणमा उक्त संस्थाले २ हजार ३ सय २३ जनालाई प्रश्न सोधेको थियो । तीमध्येका ६० प्रतिशतभन्दा बढीले आगामी दिनमा पनि आफूहरुले अनलाइनको माध्यमबाट अध्ययन गर्ने जनाएका हुन् । उक्त सर्वेक्षणले अध्ययन गर्ने प्रयोजनका साथै अन्य कामहरु पनि भारतीय नागरिकहरुले अनलाइनको प्रयोगलाई बढाएका पनि सो सर्वेक्षणले देखाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie