दिल्लीमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमण भेटिएन

नयाँ दिल्ली, चैत १२
भारतीय राजधानी दिल्लीमा विगत २४ घण्टामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि नभएको यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताएका छन् । ‘विगत २४ घण्टामा दिल्लीमा कोभिड–१९ को नयाँ संक्रमण भेटिएको छैन भने पाँच जना संक्रमित विरामी उपचारपछि निको भएका छन् । यद्यपि यो समय खुसी भइहाल्ने अवस्था भने होइन’, मुख्यमन्त्री केजरीवालले आफ्नो ट्वीटर सन्देशमा भने, ‘अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिनु रहेको छ । यसका लागि सरकारले सबै नागरिकको सहयोगको अपेक्षा गरेको छ ।’

दिल्लीमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति एकपछि अर्को गर्दै बढ्न थालेपछि राज्य सरकार तथा केन्द्र सरकारको निर्देशनमा आइतबारदेखि अति आवश्यक सेवाका लागि बाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । सरकारले यसलाई नागरिकद्वारा आफ्नो सुरक्षाका लागि पालना गर्ने निषेधाज्ञा (जनता कर्फ्यु)को सज्ञा दिएको छ । भारतमा मंगलबारसम्म ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा मङ्गलबारसम्म संक्रमित नौ जनाको मृत्यु भइसकेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie