कोरोनाविरुद्ध भारतीय व्यवसायीहरुले गरे करोडौं सहयोगको घोषणा

कोरोनाविरुद्ध भारतीय व्यवसायीहरुले गरे करोडौं सहयोगको घोषणा

नयाँ दिल्ली, चैत १०
विश्व महामारी कोरोनाभाइरसको संक्रमण दिनप्रतिदिन बढ्नथालेपछि भारतीय उद्योगपति र व्यवसायीहरुले सहयोगको घोषणा गर्न थालेका छन् । भारतीय मिडियाहरुका अनुसार आनन्द महिन्द्रा, पेटीएमका संस्थापक विजय शेखर शर्मा र वेदान्त ग्रुपका प्रमुख अनिल अग्रवालले करोडौँ सहयोगको घोषणा गरेका हु्न् ।

व्यवसायी अग्रवालले १ अर्ब भारु सहयोगको घोषणा सामाजिक सञ्जाल ट्विटरमार्फत गरेका हुन् । भारतमा समेत यो भाइरसको संक्रमणबाट आधा दर्जन बढीको मृत्यु भइसकेको छ भने सयौँ संक्रमित फेला परिसकेका छन् । अग्रवालले महामारी रोक्नको लागि उक्त सहयोग गरेको बताएका छन् । खासगरी आफू दैनिक ज्यालादारी गरेर बाँचेका मजदुरलाई लिएर चिन्तित भएको उनको भनाइ छ ।

त्यस्तै आनन्द महिन्द्राले पनि ट्विटमार्फत आफ्ना सहयोगीलाई कोरोनासँग सम्बन्धित कोषहरुमा सहयोगका लागि उत्प्रेरित गर्ने र आफ्नो शतप्रतिशत तलब स्वेच्छाले योगदान गर्ने बताएका छन् । उनले आगामी महिनामा थप योगदान गर्ने बताएको नवभारत टाइम्सले जनाएको छ । त्यस्तै पेटीएमले कोरोना भाइरसको औषधि विकासका लागि भारतीय शोधकर्तालाई पाँच करोड भारु दिने बताएका छन् । कम्पनीका सीईओ विजय शेखर शर्माले आइतबाट ट्विट गर्दै यस्तो घोषणा गरेका हुन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie