फेसबुकद्वारा बेलायतमा एक हजार नयाँ रोजगारी

फेसबुकद्वारा बेलायतमा एक हजार नयाँ रोजगारी

लन्डन, माघ ९
सामाजिक सञ्जाल कम्पनी फेसबुकले बेलायती राजधानीमा १ हजार नयाँ रोजगारी सृजना गरेको छ । यो वर्षमात्रै उक्त रोजगारी सृजना भएको हो । फेसबुकले हानिकारक अनलाइन विषयवस्तुसँग जुध्ने टोली समेत थपेको बीबीसीले जनाएको छ । थपिएकामध्ये आधा बढीले प्रविधिमा केन्द्रित कार्य गर्नेछन् । विशेषगरी सफ्टवेयर इन्जिनियरिङ, प्रोडक्ट डिजाइन र डाटा साइन्समा उनीहरुले काम गर्ने कम्पनीले जनाएको छ । बेलायतमा थपिएकासँगै फेसबुकले ४ हजार बढीलाई रोजगारी दिएको छ । पछिल्लो समय बढ्दो आलोचनासँगै फेसबुकले अतिवादी र हानिकारक विषयवस्तुमाथि फेसबुकले कडाइ गर्न थालेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie