चीनले बजार सिद्धान्तअनुसार अमेरिकी वस्तुको आयात बढाउने

चीनले बजार सिद्धान्तअनुसार अमेरिकी वस्तुको आयात बढाउने

काठमाण्डौँ,माघ ६
चीनले बजार सिद्धान्तअनुसार अमेरिकी वस्तुको आयात बढाउने भएको छ । अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार चीनले अमेरिकी कम्पनीसँग सहकार्य गर्नेछ । ऊर्जा, उत्पादन, कृषि र मेडिकल सामग्री तथा वित्तीय सेवामा अमेरिकाले धेरै निर्यात गर्न सक्ने चीनको नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडीआरसी)का प्रवक्ता मेंग वेईले आइतबार जानकारी दिए ।

चीनले दुई वर्षभित्र २ खर्ब अमेरिकी डलरका वस्तु तथा सेवा खरिद गर्ने र अमेरिकाले केही वस्तुमा थपेको कर घटाउनुपर्ने केही दिनअघि दुई देशबीच भएको पहिलो चरणको व्यापार सम्झौतामा उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । उपभोक्ताको मागबमोजिम चीनले अमेरिकी कृषिजन्य उत्पादन आयात गर्ने चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।(आर्थिक दैनिक बाट)

प्रतिकृया दिनुहोस


Techie