युरोभन्दा बलियो पाउन्ड 

लन्डन, मंसिर २०
बेलायती मुद्रा पाउन्ड स्टर्लिङ अमेरिकी डलर र युरोको तुलनामा निकै बलियो भएको छ । एजेन्सीहरुका अनुसार पाउन्ड डलरभन्दा सात महिनायताकै र युरोभन्दा सन् २०१७ मे महिनायताकै बलियो भएको हो । यसको पछाडि आगामी निर्वाचनमा कन्जरभेटिभ पार्टीले १० नम्बर बढी सिट जित्ने र संसदमा बहुमत हासिल गर्ने सर्वेक्षणका कारण रहेको बताइएको छ ।

यद्यपि विश्लेषकहरुले भने सर्वेक्षणको पछाडि नदौडिन भन्दै पाउन्ड केही समयका लागि मात्रै बलियो भएको चेतावनी दिएका छन् । अक्टोबरदेखि नै पाउन्ड बलियो बनिरहेको छ । दुई महिनामा पाउन्ड ६ प्रतिशतले बलियो बनेको हो । युरोपेली संघले बेलायतलाई अलग्गिने समय पछि सार्न अनुमति दिएसँगै पाउन्ड निरन्तर बलियो बनिरहेको छ । यो हप्तामात्रै पाउन्डले थप बल प्राप्त गरेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध