चीन र फ्रान्सबीच १५ अर्ब डलरको सम्झौता

चीन र फ्रान्सबीच १५ अर्ब डलरको सम्झौता

बेइजिङ, कात्तिक २२
चीन र फ्रान्सले १५ अर्ब अमेरिकी डलरबराबरको सम्झौता गरेका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनको चीन भ्रमणका दौडान उक्त सम्झौता भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । हवाइ, ऊर्जा, कृषिजन्य क्षेत्रसँग सम्बन्धित सम्झौता भएको हो । साथै चीनले फ्रान्सका २० वटा कम्पनीलाई मासु निर्यातको बाटो समेत खुल्ला गरिदिएको छ । पोल्ट्री निर्यातका लागि यही वर्ष भएको सहमतिको कार्यविधि विस्तार गर्न समेत दुई देश सहमत भएका छन् । म्याक्रोन सोमबार चीन आएका थिए । भ्रमणकै दौडान चीन र फ्रान्सबीच ऊर्जा सम्झौताका लागि सहमतिपत्र आदानप्रदान समेत भएको छ । त्यस्तै दुवै देशका कम्पनीहरुले संयुक्त उपक्रममा गर्ने गरी विभिन्न अन्य सम्झौता भएको बताइएको छ । (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस