भारतले बंगलादेशसँग दुईतर्फी व्यापारका लागि दुईवटा भन्सार स्थापना गर्ने

भारतले बंगलादेशसँग दुईतर्फी व्यापारका लागि दुईवटा भन्सार स्थापना गर्ने

ढाका, कात्तिक २२
बंगलादेशसँग दुईतर्फ व्यापारका लागि भारतले दुईवटा नयाँ भन्सार स्टेसन स्थापना गर्ने भएको छ । द डेलिस्टार अनलाइनका अनुसार मेघालय राज्यको मुख्यमन्त्री कनराड सांग्माले यसबारे जानकारी दिएका हुन् । ‘हामी डकी ल्यान्ड कस्टुम स्टेसनको पूर्वाधार विकास गर्छौँ । सरकारले बंगलादेशसँगको व्यापार अभिवृद्धिका लागि दुईवटा नयाँ स्थल भन्सार स्टेसन स्थापना गर्नेबारे योजना बनाइरहेको छ’, उनले भने । मंगलबार आयोजित एक कार्यक्रममा मेघालयका मुख्यमन्त्रीले यस्तो जानकारी दिएका हुन् । सांग्माले भारतले बंगलादेशसँग जनस्तरमै सम्बन्ध बनाउन चाहेको बताए । पर्यटन क्षेत्रको अभिवृद्धिका लागि दुई देशबीच हुने सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस