मन्त्रीपरिषदकाे निर्णय विपरीत दूरसञ्चार प्राधिकरणद्वारा भुक्तानी

ठेक्का खारेज गरिएकाे ४ दिनपछी यूटीएललाई ४० कराेड ।

मन्त्रीपरिषदकाे निर्णय विपरीत दूरसञ्चार प्राधिकरणद्वारा भुक्तानी

काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनी युटिएललाई मन्त्रीपरिषदकाे निर्णय विपरीत ४० कराेड २ लाख रूपैयाँ भुक्तानी गरेकाे छ । प्राधिकरणले प्रदेश नम्बर ४ र ५ मा ब्रोडब्यान्ड विस्तार गर्नकालागि यूटीएललाई दिएको ठेक्का मन्त्रिपरिषद्को यही फागुन ३ गते शुक्रबार बसेको बैठकले खारेज गरेको थियाे । मध्य पहाडी लाेकमार्गमा अप्टिकल फाईबर बिछाउने भनी नेपाल दूरसञ्चार प्राधिकरणले करिब २ वर्षअघि प्राधिकरण तथा करिब १० अर्ब रूपैयाँकाे ठेक्का ३ वटा खण्डगरी बाेलपत्र आव्हान गरेकाे थियाे । जसमध्ये प्रदेश नम्बर १ देखि प्रदेश नम्बर ३ सम्म नेपाल टेलिकम लीमिटेड, प्रदेश नम्बर ४ र ५ मा यूटीएल र प्रदेश ६ र ७ मा स्मार्ट टेलिकमले ठेक्का पाएकाे थियाे । २ वर्षभित्र उक्त काम सम्पन्न गर्ने शर्त भएपनि यूटीएलले शर्त बमाेजिम प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर नेटवर्क निर्माण र अप्टिकल नेटवर्क लीज कनेक्टिभिटी सेवा सम्बन्धी कार्य शुरू नै नगरेकाेले सरकारले उक्त ठेक्का खारेज गरेकाे हाे ।

 

फागुन ३ गते मन्त्रिपरिषदकाे बैठकले यूटीएलसंग भएकाे उक्त सम्झौता रद्द गरी नेपाल दूरसञ्चार कम्पनीसँग नयाँ सम्झौता गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने भनी भएकाे मन्त्रीपरिषदबाट निर्णयबारे सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले फागुन ३ गते पत्रकार सम्मेलनमा बताएका थिए । प्राधिकरणले दुई प्रदेशमा ब्रोडब्यान्ड विस्तारका लागि युटीएललाई २ अर्ब १० करोड रुपैयाँमा ठेक्का दिएको थियो । मन्त्रिपरिषद्को ३ गते बसेकाे बैठकले उक्त ठेक्का रद्द गरिसकेको अवस्थामा प्राधिकरणले ४ दिनपछी अर्थात् मंगलबार युटीएलको जोइन्ट भेञ्चर कम्पनी टेली इन्फ्रा नेपाललाई ब्रोडब्यान्ड विस्तारकाे काम अघि बढाउन ४० करोड २ लाख रुपैयाँ भुक्तानी दिएको हाे ।

 

मन्त्रिपरिषदकाे बैठक मार्फत सरकारले उक्त ठेक्का नै रद्द गरिसकेको अवस्थामा यो रकम प्राधिकरणले युटीएललाई पहिलो किस्ता स्वरुप उपलब्ध गराएको हाे । मन्त्री बास्कोटाका अनुसार २०७६ वैशाख २५ गतेसम्म सबै काम सक्नुपर्ने गरी दिइएको ठेक्कामा हालसम्म कुनै पनि काम युटीएलले अघि नबाढाएका कारण उक्त ठेक्का रद्द गरिएकाे र अन्य प्रदेशमा नेपाल टेलिकम तथा स्मार्ट टेलिकमले ब्रोडब्यान्ड विस्तार कार्य भने अघि बढिसकेको जानकारी दिएपनि टेलिकम तथा स्मार्टले समेत हालसम्म काम शुरू गरेकाे छैन ।

प्रतिकृया दिनुहोस



विविध

Techie