एनसेलको ‘भ्यालेन्टाइन अफर’

एनसेलको ‘भ्यालेन्टाइन अफर’

काठमाडौं, माघ २०
एनसेलले भ्यालेन्टाइन अफर ल्याएको छ । फेब्रुअरी १४ लाई विश्वभर भ्यालेन्टाइन डे भनी प्रणय दिवस मनाउने चलन नेपालमा पछि बढिरहेको छ । कम्पनीका अनुसार ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग सुलभ दरमा असीमित कुराकानीको मजा लिन सक्नेछन् । अफरअनुसार ग्राहकले आफूले छानेको एउटा विशेष एनसेल नम्बरमा मात्र ५० पैसा (करसहित ६४ पैसा) प्रतिमिनेटका दरले कुरा गर्न सक्नेछन् । भ्यालेन्टाइन अफर शुक्रबारबाट लागू भएको एनसेलले जनाएको छ । अफरअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग विना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रतिमिनेटमा फेब्रुअरी महिनाभर (माघ १८ देखि फागुन १६ गते) कुरा गर्न सक्नेछन् । यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा सन्देशहरु पठाउन प्रयोग गर्न सकिनेछ । ग्राहकले एस्ट्रिक्स १७१०६ एस्ट्रिक्स पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफूले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । साथै उनीहरुले एनसेल एपबाट पनि यो सेवा सहजै सुचारु गर्न सक्छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie